प्रस, वीरगंज, २३ भदौ/

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पर्सा जिल्ला कार्यालय सञ्चालनमा आएको छ ।

वीरगंज महानगरपालिका–२५ श्रीसिया खल्वाटोलामा प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीको घरमा पार्टी कार्यालय सञ्चालनमा आएको हो । बुधवार प्रदेशसभा सदस्य कुर्मीले पार्टीको झन्डोत्तोलन गरेर कार्यालयको उद्घाटन गरे ।

उनले जसपा अध्यक्ष उपेन्द्र यादवको कारण पार्टी फुटेको आरोप लगाए । उनले नयाँ पार्टीले मधेसका मुद्दालाई अझ उचाइमा पु¥याउने दाबी गरे । उनले सबै कार्यकर्तालाई लोसपामा आबद्ध भएर मधेसको मुद्दा अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा लोसपाका स्थानीय नेताहरू निजामुद्दीन समानी, पुरुषोत्तम झा, रम्भा मिश्र, मुन्नी श्रीवास्तव, मालती कुशवाहा, रमतुल्लाह खाँ, उषा श्रीवास्तवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here