प्रस, वीरगंज, २३ भदौ/

नगरप्रमुख विजयकुमार सरावगीले वीरगंज महानगरपालिका–१८ स्थित गीतागजेन्द्र जोशी माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधवार उद्घाटन गरेका छन् ।

नगरस्तरीय बजेटबाट निर्माण गरिएको चार कोठे पक्की भवनको आज नगरप्रमुख सरावगीले उद्घाटन गर्दै शिक्षा, स्वास्थ्य र मानवता आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए । उनले विद्यालय स्थापनाका लागि जग्गादाताहरूको योगदान अतुलनीय रहेको बताए ।

शिक्षाको गुणस्तरमा ध्यान दिएर दक्ष जनशक्ति उत्पादनमा विद्यालय र व्यवस्थापन समितिको महŒवपूर्ण भूमिका हुनुपर्ने बताए । उनले विद्यालय भवनमा थप एक तला निर्माण गर्ने आश्वासन दिए ।

कार्यक्रममा दाता सुरेश रूँगटा, महानगरपालिकाका भौतिक पूर्वाधार विकास समितिका संयोजक अरविन्द गुप्ता, वडाध्यक्ष ब्रह्मदेव राउत कुर्मी, प्रअ दिनेश चौरसियालगायतको सहभागिता थियो।

यसैगरी, नगरप्रमुख सरावगीले वडा नं २४ श्मशानघाटनजीक निर्माणाधीन स्व आत्माराम दुखा सहनी स्मृति भवनको अनुगमन गरे । नगरप्रमुख सरावगीसहितको टोलीले भवन निर्माणको स्थलगत अनुगमन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here