जोर्नीको दुखाइबाट मुक्तिको लागि पाँच उपाय

0
21

जोर्नीको पीडा असह्य हुन्छ । जोर्नीको रोगको कारण पीडा र हिंडडुल गर्दा समस्या हुन सक्छ । यसमध्ये केही समस्याको लागि सर्जरी नै गर्नुपर्ने हुन्छ । तर बढीजसो जोर्नीको दुखाइमा राहतको लागि केही उपाय गर्न सकिन्छ ।

मसाज थेरापीः मसाज थेरापी जोर्नीको दुखाइको लागि एउटा सजिलो उपाय हो । यसबाट जोर्नीको दुखाइबाट चाँडै राहत पाइन्छ । मसाज थेरापीको माध्यमबाट रक्तसञ्चार शरीरमा सही ढङ्गले हुन्छ र सुन्निएको जोर्नीलाई आराम पुग्छ । घरमै कुनै फिजियो थेरापिस्टको मदतबाट गर्न सकिन्छ । फिजियो थेरापिस्टसँग मसाज सिकेर घरमैं गर्न सकिन्छ । तोरी, जैतुन र नरियलको तेलले मसाज गर्दा जोर्नीको दुखाइबाट आराम पाइन्छ ।

आइस थेरापीः जोर्नीको दुखाइबाट छुटकारा पाउनको लागि बरफ थेरापीको पनि मदत लिन सकिन्छ । प्रतिदिन १५ देखि २० मिनेटसम्म केहीपटक यो थेरापी गर्नाले जोर्नीको पीडामा राहत दिन्छ । यस उपचार विधिले जोर्नीको पीडा र सुन्निएको कम गर्छ ।

हिट थेरापीः प्रभावित जोर्नीको पीडामा तीन मिनेटसम्म हीट थेरापी अत्यन्त असरदार हुन सक्छ । हिट थेरापीबाट सुन्निएको कम भएपछि दुखाइमा राहत पाइन्छ । हिट थेरापी कुनै हट ब्याग वा तौलियाले गर्न सकिन्छ । सीधै हिट थेरापीबाट नोक्सान हुनसक्छ ।

औषधिः जोर्नी दुखेपछि आराम गर्नुपर्छ । आराम गर्नाले हाम्रFे जोर्नी र मांसपेशीले आराम पाउँछ र दुखाइ कम हुने सम्भावना बढ्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here