प्रस, वीरगंज, २२ भदौ/

जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छलीका सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिई कारबाईको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारा चलान गरेको छ ।

जिप्रका, पर्साले सूचनाको आधारमा वीरगंजबाट चितवनतर्फ गइरहेको ना.३ख ५१६५ र ५५२५ नम्बरका ट्रकमा भन्सार छलीका सामान भएको भनी चेकजाँच गर्दा सामान बरामद भएपछि ट्रकसहित राजस्व अनुसन्धानमा पठाएको बताएको छ ।

दुवै ट्रकका चालक फरार भएको र गाडीमा उपलब्ध कागजपत्र हेर्दा ना.३ख ५१६५ मा लोड भएका सामानहरूको प्रज्ञापनपत्र २०७७/१०/२२ मा जारी भएको र ना.३ख ५५६५ नं.को ट्रकमा लोड सामानहरू २०७८/४/२१ लगायतको प्रज्ञापन रहेको तर बिलबिजक हालसालैको मितिको भएकोले गाडीबाट बरामद सामान र प्रज्ञापनपत्र मेल नखाएको तथा बिलबिजकहरू पनि फरक–फरक मितिका भएकाले ती सामान, ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पठाएको जिप्रका, पर्साले जनाएको छ ।

प्रहरीले ट्रक रोक्ने क्रममा चालक, सहचालक भने ट्रक छाडेर भागेको पर्सा प्रहरीको भनाइ छ । बरामद सामान र ट्रकको मूल्य रु ८० लाख तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here