प्रस, पर्सागढी, २२ भदौ/
निजामती कर्मचारी दिवसको अवसरमा पर्सागढी नगरपालिकामा जिल्ला समन्वय समिति, पर्साको आयोजनामा वृक्षारोपण भएको छ ।
सबडिभिजन वन कार्यालय, सबैया र सबैया साझेदारी वन अन्तर्गत रहेका स्थानमा दिवसको अवसरमा वृक्षारोपण गरिएको हो । प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले वृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले २०७३ भदौ २२ गतेदेखि निजामती कर्मचारी दिवस मनाउन थालेको भएपनि कोरोना सङ्क्रमणको कारण गत वर्षदेखि वृक्षारोपण गरी दिवस मनाइएको बताए ।
उनले मुलुकको शासन, प्रशासनमा निजामती कर्मचारीको महŒवपूर्ण भूमिका रहेको बताए । उनले निजामती सेवा सबै क्षेत्रको मार्गदर्शकको रूपमा रहेको चर्चा गरे । प्रजिअ घिमिरेले वृक्षारोपण कार्यक्रममा निजामती कर्मचारीहरूको न्यून उपस्थितिप्रति दुःख व्यक्त गरे । उनले तीनपटक यस विषयमा बैठक भएको तर मुख्य दिन कर्मचारीहरूको थोरै उपस्थिति शोभनीय नभएको बताए । उनले आज भएको वृक्ष्Fारोपण स्थलमा भोलि बुधवार अनुपस्थित कर्मचारीहरू उपस्थित भएर वृक्षारोपण गर्न आग्रह गरे ।
कार्यक्रममा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, चण्डीगण वीरगंजका प्रमुख नैना बस्नेत, सेनानी राजु कार्की, पर्साका ट्राफिक प्रमुख सुमन कार्की, डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँ, सबैया साझेदारी वनका अध्यक्ष लखनलाल साह, वडा सदस्य शेख पैmयाजलगायतको सहभागिता थियो ।
प्रस, सिम्रौनगढ/
निजामती कर्मचारी दिवसको अवसरमा सिम्रौनगढ नगरपालिकाले नगर अस्पतालका बिरामीलाई फलफूल वितरण तथा वृक्षारोपण गरेको छ ।
सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहले नगर अस्पताल सिम्रौनगढका बिरामीहरूलाई फलफूल वितरण गरिएको र नपा परिसरमा वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा डा जीतेन्द्र यादव, जयनारायण यादव, नगर प्रहरी प्रमुख रवीन्द्र यादव, महम्मद अन्सारुल हक, विजय ठाकुर, नीतु गुप्ता, कृष्ण कुमारलगायतको सहभागिता थियो ।
प्रस, निजगढ/
निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान अन्तर्गत जीतपुर–सिमरा उपमहानगरपालिका–१८ कुसामाडी पसाह टोलको वन क्षेत्रमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।
कार्यक्रमको अध्यक्ष बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राष्ट्रसेवामा समर्पित विभिन्न कार्यालय, निकायका कर्मचारीहरूले पनि राष्ट्रव्यापीरूपमा वृक्षारोपण गरी वनजङ्गल घना बनाउन योगदान पु¥याउने उद्देश्यका साथ बारामा पनि कार्यक्रम गरिएको बताए । उनले रूखबिरुवा, वनजङ्गलले मानवलाई मात्र नभई सम्पूर्ण प्राणी, पृथ्वीलाई नै सुन्दर, मनमोहक बनाइरहेको र संसारमा वनजङ्गल नहुने हो भने पृथ्वीको कल्पनासमेत गर्न नसकिने बताए ।
बारा जिल्लामा वन क्षेत्र अतिक्रमण, वन पैदावर चोरी तस्करीका घटनालाई न्यूनीकरण गर्ने पहिलो कर्तव्य वन कर्मचारीको भएको बताउँदै वन संरक्षणमा आवश्यक परे हरबखत नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई पनि सहयोगीका रूपमा परिचालन गरिने प्रजिअ पौडेलले प्रतिबद्धता जाहेर गरे । वन संरक्षणमा इमानदारीका साथ उच्च मनोबलले काम गर्नसमेत उनले निर्देशन दिए । कार्यक्रममा डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमद, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासङ्घ बारा अध्यक्ष रेशम तिवारी, कर्मचारी सङ्घ, वन समूह, साझेदारी वन समितिका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो । करीब पाँच सय बिरुवा रोपण गरिएको वन कार्यालयले जनाएको छ । कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत अनिल साहले गरेका थिए ।
दिवसको अवसरमा निजगढ नपा– १० लालको अतिक्रमित वन क्षेत्रमा पनि वृक्षारोपण गरिएको रतनपुरी सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत रविकान्त श्रीवास्तवले बताए । उनले टीक, अमलालगायत विभिन्न प्रजातिका १६ सय बिरुवा रोपिएको बताए ।