प्रस, जनकपुरधाम, २२ भदौ/
प्रदेश २ सरकारले जनलोकपाल आयोगको अध्यक्षमा रामसहाय यादवलाई नियुक्त गरेको छ ।
तीन सदस्यीय आयोगका सदस्यमा शोभा महतो र राजकिशोर साह नियुक्त भएका छन् ।
उनीहरूको पद तथा गोपनीयताको शपथसमेत भएको छ । प्रदेश २ का प्रमुख हरिशङ्कर मिश्रले आयोगका अध्यक्षलगायत सदस्यहरूलाई मङ्गलवार शपथग्रहण गराएका हुन् । प्रदेशमा आर्थिक सुशासन कायम गर्ने उद्देश्यले प्रदेश जनलोकपाल आयोग गठन गरिएको मुख्यमन्त्री लालबाबू राउत गद्दीले बताएका छन् ।
नवनियुक्त पदाधिकारीले मङ्गलवार नै जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रमा रहेको आयोगको कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।