प्रस, सिम्रौनगढ, २० भदौ/

प्रत्येक वर्ष भदौमा लाग्ने तेरसको मेला सिम्रौनगढको तीनवटा शिवालयमा लागेको छ ।

भाकल पूरा भएका महिला तथा पुरुषहरूले तेरसको पूजा गर्ने गर्छन् । भाकल गर्ने महिला, पुरुषले भाकल अनुसार वाग्मती, त्रिवेणी, गङ्गा नदीबाट जल ल्याउने र शिवालयमा चढाउने गर्छन् ।

स्थानीय महिला, पुरुषहरू भने शिवालयनजीकबाट जल लिएर चढाउँछन् । तेरसको अवसरमा लागेको मेलामा बिहानैदेखि भीड रह्यो ।

सिम्रौनगढ नगरपालिका वडा नं ७, वडा नं ३ नयकाटोला, वडा नं ४ हरिहरपुर गरी तीन ठाउँका शिवालयमा तेरसको अवसरमा मेला लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here