- अनन्तकुमार लाल दास
लोकतान्त्रिक देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको क्रियाकलापको अवलोकन गर्नको लागि मिडियालाई सरकारको ‘चौथो अङ्ग’को रूपमा परिभाषित गरिएको छ । १८औं शताब्दीपछि खासगरी अमेरिकी स्वतन्त्रता आन्दोलन र फ्रान्सको राज्य क्रान्तिको बेलादेखि नै आम मानिस समक्ष पुग्ने र उनीहरूलाई जागृत गरेर सक्षम बनाउने कार्यमा मिडियाले महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । मिडियाले यदि सकारात्मक भूमिका निर्वाह गर्छ भने कुनै पनि व्यक्ति, संस्था, समूह र देशलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरूपमा समृद्ध बनाउन सजिलो हुन्छ ।
वर्तमान समयमा मिडियाको उपयोगिता, आवश्यकता, महŒव र भूमिका निरन्तर बढिरहेको छ । कुनै पनि समाज, सरकार, वर्ग, संस्था, समूह, व्यक्ति मिडियालाई उपेक्षा गरेर अघि बढ्न सक्दैन । आजको जीवनमा मिडिया अपरिहार्य आवश्यकता बनेको छ । समाजको अवलोकन गर्दा के तथ्य थाहा हुन्छ भने मानिसको भीड वा असम्बद्ध मानिसलाई समाज भन्न मिल्दैन । समाजको अर्थ सम्बन्धको परस्पर सहयोगात्मक भावना, जसमा विवेकशील र विचारवान् मानिसहरूको अस्तित्व हुन्छ र यसरी उनीहरू सबै एकअर्कासँग गाँसिएका हुन्छन् ।
मिडिया एउटा समग्र प्रणाली हो, जसमा प्रिन्टिङ्ग प्रेस, पत्रकार, इलेक्ट्रोनिक माध्यम, रेडियो, एफ.एम., इन्टरनेट, टेलिभिजन, सिनेमा आदि सूचनाका माध्यमहरू सामेल हुन्छन् । समाजमा मिडियाको भूमिकामाथि चर्चा गर्नुको अर्थ समाजमा मिडियाले प्रत्यक्ष र अप्रत्यक्षरूपले के योगदान दिइरहेको छ । आफ्नो उत्तरदायित्वको निर्वहन गर्दा समाजमाथि त्यसको कस्तो सकारात्मक वा नकारात्मक प्रभाव परिरहेको छ ? यस्ता कुराहरूको चर्चा गर्नुपर्ने हुन्छ । त्यसको प्रभावबाट के प्रस्ट हुन्छ भने समाजमा मिडियाको शक्ति, महŒव र उपयोगितामा वृद्धि हुनाले यसको सकारात्मक प्रभावमा पनि धेरै हदसम्म वृद्धि भएको छ तर सँगसँगै यसको केही नकारात्मक प्रभाव पनि हिजोआज देखापरिरहेको छ ।
मिडियाले जहाँ आम मानिसलाई निर्भिकतापूर्वक जागरुक बनाउने, भ्रष्टाचार उजागर गर्ने, सत्तामाथि तार्किक नियन्त्रण र जनहितमा हुने कार्यहरूको अभिवृद्धिमा सक्दो योगदान गरेको छ त्यहीं लोभ, भय, द्वेष, प्रतिस्पर्धा र राजनीतिक कुचक्रको जालोमा पँmसेर आफ्नो भूमिका कलङ्कित पनि पारेको छ ।
व्यक्तिगत वा संस्थागत निहित स्वार्थको लागि ‘पीत पत्रकारिता’को अवलम्बन, ब्लैकमेलद्वारा अरूको शोषण, समाचारलाई बङ्ग्याएर प्रस्तुति, संवेदनशील समाचारलाई बढी प्राथमिकता, एकअर्काको भावनालाई ठेस पु¥याउने समाचार प्रकाशन, घटना र कथनलाई दुई खाले अर्थ निस्कने बनाउनु, भय वा लालचमा सत्ताधारी दलको चापलुसी गर्नु, अनावश्यक कसैको प्रशंसा र महिमामण्डन गर्नु र कसैको आलोचना गर्नु जस्ता अनुचित कार्य हिजोआज मिडियाद्वारा भइरहेको छ ।
दुर्घटना र संवेदनशील मुद्दालाई बढाइचढाई प्रस्तुत गर्नु, इमानदारिता, कर्तव्यनिष्ठा र साहससँग सम्बन्धित समाचारलाई बेवास्ता गर्नु आजभोलि मिडियाको सामान्य लक्षण भएको छ । मिडियाको यसखाले व्यवहारले समाजमा अव्यवस्था र असन्तुलनको स्थिति उत्पन्न हुन्छ ।
प्रिन्ट मिडिया, टेलिभिजन र सिनेमाको माध्यमले पश्चिमी संस्कृतिको आगमन र प्रसार भइरहेको छ, जसबाट समाजमा अनावश्यक पैmशन, अश्लीलता, चोरी, बलात्कार, गुण्डागर्दीजस्ता घटनामा वृद्धि भएको छ । यसले गर्दा हाम्रो देशको युवावर्ग पनि पतनतिर उन्मुख भइरहेको छ । इन्टरनेटको माध्यमले युवा नजीक असामाजिक क्रियाकलाप पुगिरहेको छ । यसले गर्दा उनीहरूमा नैतिकता, संस्कृति र सभ्यताको लगातार कमी देखा परिरहेको छ । यी सबैलाई हेर्दा मिडियाको भूमिकामाथि चर्चा गर्नु आज आवश्यक भएको छ ।
मिडियाको भूमिका यथार्थ सूचना प्रदायक एजेन्सीको रूपमा हुनुपर्छ । मिडिया द्वारा समाजलाई सम्पूर्ण विश्वमा हुने घटनाको जानकारी प्राप्त हुन्छ । यस कारण मिडियाको प्रयास यथार्थपरक जानकारी प्रस्तुत गर्नु हो । सूचनालाई बङ्गयाएर वा दूषित गरेर प्रस्तुत गर्ने प्रयास हुनुहुँदैन । समाजको हित र जानकारीको लागि सूचना प्रवाह यथावत् र विशुद्ध रूपमा जनता सामु पस्किनुपर्छ । मिडियाको प्रस्तुतीकरण कस्तो हुनुपर्छ भने जसबाट जनताको मार्गदर्शन होस् । उत्कृष्ट लेख, सम्पादकीय, ज्ञानवद्र्धक सूचनाहरू, श्रेष्ठ मनोरञ्जन, खेलकूद, अन्तर्राष्ट्रिय घटनाक्रम आदि सामग्री समाचारमा समावेश भयो भने मात्र समाजलाई सही दिशा प्रदान गर्न सकिन्छ ।
मिडियाले समाजको नेतृत्व कैयन प्रकारले गर्दछ । यसबाट समाजको विचारधारा प्रभावित हुन्छ। यसर्थ मिडियालाई प्रेरकको रूपमा उपस्थित हुनुपर्छ जसबाट समाज र सरकारलाई प्रेरणा र मार्गदर्शन प्राप्त हुन सकोस् । मिडिया समाजको विभिन्न वर्गको हितका लागि रक्षक पनि हुन्छ । मिडियाले समाजको नीति, परम्परा, मान्यता र सभ्यता एवं संस्कृतिको प्रहरीको रूपमा पनि आफ्नो भूमिका निर्वाह गर्छ । विश्वभरि हुने विभिन्न घटनाहरूको जानकारी समाजका बेग्लाबेग्लै वर्गलाई मिडियाको माध्यमले नै हासिल हुन्छ । यस कारण मिडियाले पस्किने सूचनाहरू सत्य, तथ्य र निष्पक्ष हुनुपर्छ ।
मिडिया आफूले पस्किने खबरको माध्यमले सामाजिक असन्तुलन र सन्तुलनमा ठूलो भूमिका निर्वाह गर्छ । मिडिया आफ्नो भूमिकाद्वारा समाजमा शान्ति, सौहार्द, सकारात्मकताको भावना विकसित गर्न सक्छ । सामाजिक तनाव, सङ्घर्ष र मतभेदको बेला मिडियाले संयमित तरीकाबाट कार्य गर्नुपर्छ । राष्ट्रप्रति भक्ति र एकताको भावना पैmलाउन पनि मिडियाको महŒवपूर्ण भूमिका हुन्छ । शहीदहरूको सम्मानमा प्रेरक र उत्साहवद्र्धक समाचार प्रसारणमा मिडियाले अघि बढेर भाग लिनुपर्छ ।
यसैगरी मिडिया विभिन्न सामाजिक कार्यद्वारा समाज सेवकको भूमिका पनि निर्वाह गर्दछ । भूकम्प, बाढी–पहिरो वा अन्य प्राकृतिक वा कोरोनाजस्तो आकस्मिक महामारीको बेला जनसहयोग जुटाएर मानवताको ठूलो सेवा गर्न सक्छ । अहिले नैतिकताको खडेरी परेको बेला सद्प्रवृत्ति अभिवृद्धिको लागि पनि मिडिया अघि सर्नुपर्छ ।
आज मिडिया प्रचारकोे प्रमुख स्रोत बनेको छ । विभिन्न राजनीतिक विचारधाराको विश्लेषणले आम मानिसलाई राजनीतिक विचारधारा सम्बन्धी जानकारी प्राप्त हुन्छ । उनीहरू सरकार विरोधी दलहरूबारे आफ्नो दृष्टिकोण बनाउँछन् । मिडियाद्वारा जनमतलाई कुनै विशेष दल अनुकूल वा प्रतिकूल बनाउन सहयोग प्राप्त हुन्छ । प्रजातन्त्रमा सबैलाई आआफ्नो विचार प्रकट गर्ने र सरकारको आलोचना गर्ने पूर्ण अधिकार हुन्छ ।
यसरी मिडियाद्वारा आम मानिसले सरकारको आलोचना, शासन व्यवस्थाका कमजोरी, जनताको चाहना र आवश्यकता उजागर गर्न महŒवपूर्ण भूमिका खेल्न सक्छ । परिणामस्वरूप आलोचनाको भयले सरकारले शासन व्यवस्थामा सुधार पनि गर्छ । आफ्नो नीतिमा संशोधन पनि गर्छ जनताको माग पूर्ति गर्ने प्रयास पनि गर्छ । यसरी मिडियाले जनता र सरकारबीच सम्बन्ध–सेतुको भूमिकाको निर्वहन गरेको पाइन्छ ।
तर कहिलेकाहीं झूटो समाचार र विज्ञापनद्वारा आम मानिसलाई भ्रमित पनि गर्छ तर यो दोष मिडियाको नभई त्यसको सञ्चालकको हुन्छ । यस कारण मिडिया सञ्चालकहरूलाई दलगत विचारभन्दा माथि उठ्नु आवश्यक हुन्छ किनभने मिडियाको बहुआयामिक भूमिकालाई हेर्दा के भन्न सकिन्छ भने मिडिया आज विनाशक र हितैषी दुवै भूमिकामा देखा परेको छ ।
नेपालको परिप्रेक्ष्यमा त्यो समय आइसकेको छ जहाँ मानिसलाई भविष्यको भस्मासुर नबन्न दिनको लागि मिडियाले आफ्नो शक्तिको सदुपयोग जनहितमा गरेर समाजको पथप्रदर्शक बन्न सकोस् । यदि मिडियाले आफ्नो उत्तरदायित्व बुझेर कर्तव्य निर्वाह गर्छ भने व्यक्ति, समाज र राष्ट्रको लागि सबैभन्दा ठूलो सहयोग हुन्छ ।