प्रस, पोखरिया, १९ भदौ/

हिन्दू परिषद् नेपाल नगर कार्यसमिति पोखरियाको आयोजनामा शनिवार जनजागरण कार्यक्रम सम्पन्न भएको छ ।

जनजागरण कार्यक्रमका प्रमुख अतिथि हिन्दू परिषद् नेपालका अध्यक्ष सन्तोष पटेलले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गराउन परिषद्ले २०७२ सालदेखि अभियान सञ्चालन गरेको र घोषणा नहुन्जेलसम्म जारी रहने बताए ।

उनले विभिन्न धर्मावलम्बीहरूले नेपालका हिन्दूहरूलाई धर्म परिवर्तन गराइरहँदा सरकार मूकदर्शक बनेको आरोप लगाए ।

हिन्दू परिषद् नेपाल नगर कार्यसमिति पोखरियाका अध्यक्ष अकलेश पटेलको अध्यक्षतामा भएको जनजागरण कार्यक्रममा जोगिन्द्र कुर्मी, मनोज कुर्मी, सुरेश कानू, विनोद प्रसाद, लालबाबू बनिया, हरिशङ्कर साह, हृदयनारायण कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका
थिए ।

कार्यक्रममा परशुराम पटेलले स्वागत र धर्मेन्द्र चौरसियाले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here