प्रस, जीतपुर, १९ भदौ/
नेकपा माओवादी केन्द्र समर्थक नेपाल महिला सङ्घ (क्रान्तिकारी)को जीतपुरमा वडा भेला सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–६ जीतपुरमा आयोजित भेलाको उद्घाटन गर्दै केन्द्रीय सदस्य शोभा कार्कीले महिला हकहित र अधिकारका लागि नेमसङ्घ (क्रा) लड्दै आएको प्रतिफल महिलाहरू राजनीतिक अस्तित्वको लडाइँमा केही सफल भएको दाबी गरिन् ।
उनले आफूहरूको लडाइँको प्रतिफल सरकारमा महिला सहभागिता ३३ प्रतिशत सुरक्षित भएको, स्थानीय तहमा पालिका प्रमुख/उपप्रमुखमध्ये एकजना महिला अनिवार्य गरिएको बताइन् । उनले आगामी दिनमा महिला सहभागिता ५० प्रतिशतका लागि पहल हुने र त्यसको लागि सबै महिलालाई एकजुट हुन आग्रह गरिन् ।
मर्छिया देवीको अध्यक्षतामा भएको वडा भेलाले सलामुन नेसाको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा कमिटीको उपाध्यक्ष गीतादेवी साह, सचिवमा लक्कीकुमारी चौधरीलगायत छन् ।