प्रस, वीरगंज, १९ भदौ/

लायन्स क्लब अफ वीरगंज मिलेनियमले वीरगंज कारागारमा महिला कैदीबन्दीलाई तीजको उपलक्ष्यमा दर खुवाएको छ ।

मिलेनियमका अध्यक्ष सुमन श्रेष्ठले वीरगंज कारागारका महिला कैदीबन्दीहरूलाई विगत सात वर्षदेखि दर खुवाउँदै आएको र शनिवार त्यसलाई निरन्तरता दिएको बताए ।

वीरगंज कारागारमा ८० जना महिला कैदीबन्दी रहेको र उनीहरूलाई आज दर खुवाउनुका साथै शृङ्गारका सामग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

दर खुवाउने कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले लायन्सले महिला कैदीबन्दीहरूलाई कारागारमा दर खुवाएर पर्वप्रति देखाएको चासोको सराहना गरे । उनले विभिन्न कारणबाट जेलजीवन बिताउन बाध्य महिलाहरूलाई जेलभित्र तीज पर्व रमाइलो गरी मनाउन आग्रह गरिन् ।

उनले मानिस भएपछि समस्या आइपर्छ तर त्यसो भन्दैमा निराशपूर्ण जीवन व्यतीत गर्न नहुने सुझाउँदै तीज हर्षोल्लासका साथ कारागारभित्र मनाउन आग्रह गरिन् ।

कार्यक्रममा पशुपति विक्रम शाह, उषा शाह, वासु तिमिल्सिना, कलिमुल्लाह अन्सारी, रामबिहारी पाण्डे, उमेश साह कानूलगायत कारागारका सुरक्षाकर्मीहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here