- ओमप्रकाश खनाल
कोरोना महामारीबाट थला परेको पर्यटन व्यवसायलाई लयमा फर्काउन निजी क्षेत्र स्वयम् अग्रसर देखिएको छ । एउटा मुख्य पर्यटकीय गन्तव्य मानिएको पोखराका पर्यटन व्यवसायीको पहलमा सिमरा र पोखराको हवाई उडान शुरू भएको छ । सामान्य अवस्थामा हवाई यातायात सेवा विस्तार सकारात्मक काम हो ।
यसबाट सिमरादेखि पोखरासम्मको आवागमन सहज भएको छ । यतिखेर सिमरा र पोखरालाई हवाई सेवाबाट जोड्नुको पछाडि भारतबाट वीरगंज हुँदै पोखराका लागि आउन चाहने पर्यटकलाई आकर्षित गर्नु मुख्य ध्येय देखिन्छ ।
कोरोनाबाट थलिएका पर्यटन व्यवसायीहरू कसरी यो क्षेत्रलाई पुनरुत्थानमा लैजान सकिन्छ भन्नेमा तल्लीन भइराखेकै बेला यो रचनात्मक उपाय फुरेको हुन सक्छ । सम्भवतः कोरोना माहामारी हुँदैनथ्यो, र सामान्य अवस्थाजस्तै पर्यटक (खासगरी भारतीय)हरू अन्य सवारीसाधनबाटै सजिलै पोखरा पुग्ने अवस्था हुन्थ्यो भने सिमरा–पोखरा हवाई यातायात यति चाँडो सञ्चालन नहुन पनि सक्थ्यो । प्रकारान्तरले यातायात सेवा शुरू हुनु राम्रो कुरा हो ।
अब वीरगंजबाट पोखराको दूरी छोटिएको छ । सडकमार्गबाट १० घण्टा लाग्नेमा अब सिमराबाट ३५/४० मिनेटमा पोखरा पुग्न सकिने भएको छ । यातायात सुविधाका दृष्टिबाट यो एउटा व्यावसायिक उपक्रम हो ।
यसलाई अन्तर प्रदेश पर्यटन प्रवद्र्धनसित कसरी जोड्न सकिन्छ ? कोरोना महामारीका कारण अहिले सबैभन्दा बढी थलिएको पर्यटन क्षेत्रका लागि अहिले यो महŒवपूर्ण सवाल हो ? सङ्घीय सरकारले कोरोना ग्रसित क्षेत्रका लागि ल्याएका राहतका कार्यक्रम त्यति प्रभावकारी नभइराखेको अवस्थामा गण्डकी प्रदेश सरकार र निजी क्षेत्रको यतिखेरको प्रयत्न सराहनीय छ ।
पोखराको पर्यटनलाई उकास्ने अभिप्रायले गण्डकी प्रदेशका विभागीय मन्त्री नै व्यवसायीहरूसित बाराको सिमरा आइपुगे । गण्डकी प्रदेशको टोली तीन दिन प्रदेश २ मा रह्यो । यो एक प्रकारले प्रदेश २ का पर्यटकीय गन्तव्यको प्रचारप्रसार र त्यसलाई गण्डकीको पर्यटनसँग अन्तरसम्बन्धित गर्ने अवसर थियो । प्रदेश २ सरकारबाट यसमा आवश्यकताजति प्रयास भएको जानकारी छैन । प्रदेश २ को निजी क्षेत्रले भने सक्दो प्रयास गरेको छ ।
प्रदेश २ का निजी क्षेत्रका व्यवसायीहरूले पोखराबाट मन्त्रीसहित आएको टोलीलाई वीरगंज आसपासका पर्यटकीय क्षेत्रको भ्रमण गराएको छ । यसले वीरगंज र समग्र २ नम्बर प्रदेशका पर्यटकीय आकर्षणको केही हदसम्म भएपनि प्रवद्र्धनमा मदत पु¥याएको छ । देश सङ्घीयताको अभ्यासमा छ । अब हरेक कामको लागि सङ्घको भर परेर मात्रै हुँदैन ।
प्रदेश र स्थानीय तह भनेका सङ्घ सरकारका प्रशासनिक एकाइ मात्र होइनन् । यस कारण तगहत सरकारले आफ्नो क्षेत्रका पर्यटकीय सम्भावनाहरूको पहिचान र प्रचारलाई जोड दिनुपर्दछ। यो काम हुन सकिरहेको छैन, यदि कहींकतै भएका पनि छन् भने ढङ्ग पु¥याइएको छैन ।
सरकारले गर्नुपर्ने काममा सरकारको भूमिका फितलो भएपछि त्यसमा निजी क्षेत्रले नेतृत्व लिनुपरेको छ । निजी क्षेत्रको अग्रसरता सराहनीय छ, यो सरकारी निष्क्रियताको उपज बन्नु चाहिं विडम्बना हो । खासगरी २ नम्बर प्रदेशमा यो समस्याको ओज बढी देखा परेको छ ।
२ नम्बर प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि सबैभन्दा पहिला यहाँका पर्यटकीय सम्भाव्यताको पहिचान हुनुपर्दछ । धार्मिक आस्था र संस्कृति नै प्रदेश २ को पर्यटनको मूल आधार हो । वास्तवमा पर्यटन भनेको प्रचारप्रसारकै खेती हो । प्रचारप्रसारकै बलमा नजीकैका केही स्थलको अधिक दोहन भइरहँदा यस क्षेत्रका प्रचुर सम्भावना भने खेर गइराखेका छन् ।
वीरगंज अहिले पनि नेपाल प्रवेशको मुख्य प्रवेशद्वार हो । तर यो औद्योगिक र व्यापारिक वस्तुको पहिचानमा बढी समेटिएको छ । अहिलेसम्म अधिकांश भारतीय पर्यटक भैरहवा–सुनौली नाकाबाट भित्रिन्छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी त्यस क्षेत्रमा रहनुका कारण यो सम्भव भएको हो ।
वीरगंजनजीकै धार्मिक महŒवको गढीमाई छ । तर यो स्थलको पहिचान अहिलेसम्म प्रत्येक पाँच वर्षमा बढी बलि चढाइने मेलाबाट बाहिर ल्याउन सकिएको छैन, प्रयास नै भएको छैन । बारा जिल्लाकै सेरोफेरोमा कैयौं यस्ता धार्मिक तथा पुराताŒिवक महŒवका स्थानहरू छन् । तर जानकारीको अभावमा पर्यटक पुग्दैनन् ।
गढीमाईकै पूरक मेला मानिने बाराको जीतपुर, रौतहटको सुन्दरपुर, दुधियाधार, बलुवा, मदनपुर, माधोपुर, हर्दिया पल्टुवा तथा सर्लाहीको मिर्जापुर र खौर्वामा लाग्ने मेलाको खासै चर्चा सुनिंदैन । बाराकै सिम्रौनगढ ऐतिहासिक एवं पुराताŒिवक धरोहर हो । यो ओझेलमा परेको छ।
वीरगंजमैं घडीअर्वा पोखरी छ, तर त्यहाँ भएका आकर्षणको उपयोग त परको कुरा गतिलो सरसफाइसमेत छैन । वीरगंजका शक्तिपीठहरूको महŒव र नजीकैको पर्सा राष्ट्रिय निकुञ्ज भारतीय पर्यटक लोभ्याउने आधार त हुन्, तिनको दोहनमा रणनीतिको अभाव छ । यी आकर्षणलाई मात्र व्यवस्थित गर्ने र रणनीतिक तरीकाले प्रचारप्रसार अभियान चलाउने हो भने वीरगंज पर्यटक भित्रिने मुख्य नाका बन्न सक्छ ।
वीरगंज भित्रिएका पर्यटकलाई कम्तीमा दुई दिन वीरगंज र दुई दिन जनकपुर क्षेत्रमा रोक्न सकियो भने त्यो २ नम्बर प्रदेशको पर्यटनमा ठूलो उपलब्धि हुनेछ । अहिले त वीरगंज बाटो मात्र बनेको छ । यहाँको पर्सा राष्ट्रिय निकुञ्ज पार गरेर पर्यटक चितवनको सौराहामा हात्ती चढ्न पुग्छन् । बाटोमैं पर्ने अमलेखगंजमा पनि हात्ती चढ्न पाइन्छ भन्ने जानकारी पर्यटकसम्म पु¥याउन सकिएको छैन । अहिले यो क्षेत्रमा होटल खुल्ने क्रम बढेको छ । यस क्षेत्रमा खुलेका होटललाई अब विवाह पार्टीले मात्र धान्न सक्दैन ।
जनकपुर र आसपासका अन्य धार्मिकस्थल पर्यटनका मूल आधार हुन् । जानकी मन्दिर आस्थाको केन्द्र त हो, तर पर्यटकीय गतिविधि बढाउन थुप्रै सुधारको खाँचो छ । त्यहाँका तालतलाउ, धार्मिक मेला महोत्सव, मिथिला संस्कृतिको प्रचार र व्यवस्थापन हुन सकेको छैन। भारतसित धर्म र संस्कृति मिल्दोजुल्दो भएकाले यी क्षेत्रलाई पर्यटकीय प्याकेजको रूपमा विकास गर्दा भारतीय पर्यटक तान्न सकिन्छ ।
जनकपुर र भारतको अयोध्यासँग विशेष सम्बन्ध छ । यो धार्मिक आस्था र सांस्कृतिक सम्बन्धलाई हामीले पर्यटनको दृष्टिकोणबाट हेरेकै छैनौं । १८औं सार्क शिखर सम्मेलनाताका यी दुई शहरबीच भगिनी सम्पर्क स्थापित गर्ने चर्चा निकै चलेको थियो । त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला जनकपुर र पूर्वी नेपालको बराह क्षेत्रको विकासमा सहयोगको प्रतिबद्धता आएको थियो । यी योजनाहरू २ नम्बर प्रदेशको पर्यटन प्रवद्र्धनका महŒवपूर्ण आधार बन्न सक्ने थिए । तर जमघटका बनेका योजना छोटै समयान्तरमा हराएर जान्छन् ।
यता सिराहाको सलहेश, सप्तरीको छिन्नमस्ता, ठेलिया दह, सर्लाहीको नाढिमन ताल, सतही बिहुला, नारायणपुर, नूनथर, महोत्तरीको पडौलस्थान, रौजा मजारलगायतका स्थानको उपयोग पर्यटकीय दृष्टिले हुन सकेको छैन । बाटो परेका बेला ती ठाउँमा पुग्नु र ती ठाउँले आकर्षित गर्नु फरक कुरा हुन् ।
अहिले भारतबाट नेपाल भित्रिने पर्यटकले सीमानाकामा पाउने हण्डरका कारण पर्यटक आवागमन शून्यजस्तै छ । कोरोना महामारीका कारण बन्द गरिएको नेपाल–भारत सीमानाका भारतीयका लागि अहिले पनि औपचारिकरूपमा बन्द नै छ । अनौपचारिक आवागमन रोकिएको
छैन ।
भारतीय निजी सवारीसाधनलाई प्रवेशमा रोक कायमै रहेकाले पर्यटक आएका छैनन् । नेपाल र भारत दुवैतर्फका दिनचर्या सामान्य भइसकेको र निषेधाज्ञा नामको लागि मात्र रहेकोले अब सीमानाकामा निजी सवारीसाधनको आवागमन रोक्ने होइन, बरु त्यसलाई स्वास्थ्य सतर्कताको मापदण्ड बनाएर व्यवस्थित बनाइनुपर्दछ । यसबाट पर्यटन क्षेत्रले राहतको सास फेर्न पाउँछ ।
प्रदेश र सरोकारका स्थानीय सरकारले प्रचारप्रसार, प्रवद्र्धन र निजी क्षेत्रलाई पर्यटकीय पूर्वाधारमा लगानीको लागि प्रोत्साहनका योजना ल्याउनुपर्दछ । २ नम्बर प्रदेशका पर्यटकीय सम्भाव्यताको दोहनमा रणनीतिक योजनाको अभाव छ । २ नं प्रदेशको पर्यटन प्रवद्र्धनका लागि अहिले सिमरा–पोखरा हवाई उडानको अवसरलाई यो रूपमा उपयोग गर्न सकिन्छ ।
वीरगंज भएर पोखरा जाने पर्यटकलाई कम्तीमा ३/४ दिन यहाँ रोक्न सकियो भने त्यो महŒवपूर्ण उपलब्धि हुनेछ । गण्डकी र प्रदेश २ लाई पर्यटन प्रवद्र्धनमा अन्तरआबद्ध गर्दा दुवै प्रदेशले फाइदा लिन सक्ने सम्भावना बलियो छ । सहकार्यको मोडालिटी र शर्त भने आपसमा तय गर्न सकिने विषय हुन् ।