प्रस, सिम्रौनगढ, १९ भदौ/

सीमावर्ती भारतको घोडासहन शहरको एउटा गोदाममा प्रहरीले छापा मारी ६ लाख रुपैयाँबराबरको कपडा बरामद गरेको छ ।

शुक्रवार दिउँसो छापा मारिएको र १० बोरा कपडा बरामद भएको घोडासहन थाना प्रमुख अखलेश मिश्रले बताए । उनले तस्करीको माध्यमबाट नेपाल लैजाने उद्देश्यले सो गोदाममा कपडा सञ्चय गरिएको सूचनाका आधारमा छापामारी गरिएको बताए । उनले घटनाविरुद्ध उजूरी दर्ता भएको र अभियुक्तहरूको खोजी भइरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here