प्रस, पंचगावाँ, १९ भदौ/

प्रदेश नं २ का मुख्यमन्त्रीको “बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तर्गत सखुवाप्रसौनी गाउँपालिकामा रहेका तीनवटा विद्यालयका कक्षा ८ मा अध्ययनरत ४६ जना छात्रालाई शुक्रवार साइकल वितरण गरिएको छ ।

सखुवाप्रसौनी गाउँपालिका–१ औराहास्थित भोलेशङ्कर आधारभूत विद्यालयमा १७ जना, नेरामावि सिरहीसथवलका २० जना र नेराआवि सिधपुरमा ९ जना गरी ४६ जना छात्रालाई साइकल वितरण गरिएको छ ।

सखुवाप्रसौनी गापाका वडाध्यक्ष विश्वनाथ पटवारीको अध्यक्षता तथा प्रदेशसभा सदस्य मन्जुर अन्सारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुर, शिवकुमार साह, भागवत थारू, वडासदस्य रामा खाँ थारू, पारस महतोलगायतले शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here