- सञ्जय मित्र
बटमवाला मोबाइल खल्तीमा थियो । अक्षय कुमारको बेलबटम फिल्मभन्दा पनि मन पथ्र्यो । अझ म पनि कुनै दिन बेलबटम पाइन्ट लगाएर जब बजारमा निस्कन्थें, तब पुराताŒिवक महŒवको मेरो बटमवाला मोबाइलले मेरो शानमा चार चाँद लगाउँथ्यो । भुइँमा लतारिने किसिमको मेरो बेलबटम पाइन्ट पुरानो जमानाको अमिताभ बच्चनको त्यो सुपरहिट पाइन्टजस्तो थियो, जुन भुइँतिर कम्तीमा एक हात चौडा हुन्थ्यो । तल फुकेको र माथि फुकेको पाइन्टको खल्तीमा बटमबाला मोबाइलको शान नै बेग्लै ।
कुन्नि के दशा लागेर परदेशी छोरोले बलजफ्ती स्क्रीन टच मोबाइल किन्न लगायो । कुनै जरुरी छ र सबैलाई स्क्रीन टच भएपछि मलाई पनि त्यही मन पर्छ भनेर । छोराछोरीले मेरोलागि होइन, आफ्नो इज्जतका लागि नयाँ मोबाइल किन्न लगाएका हुन् । ठीकै छ, मेरो कारणले अर्काको इज्जत बढ्छ भने मेरो यसमा पैसाबाहेक केही जाँदैन ।
अझ बरु छिमेकीको पनि इज्जत बढोस् । तर मलाई त कुन कुरामा विश्वास लाग्छ भने जब म ऐतिहासिक तथा पुराताŒिवक महŒवको गौरवशाली बेलबटम पाइन्ट र बटमवाला मोबाइल बोक्छु, तब मलाई लाग्दछ कि म आफैंमा ऐतिहासिक र गौरवशाली पुराताŒिवक महŒवको मनुवा हुँ ।
यसै विषयमा एक दिन बुद्धचोकमा मसित एकजनाको लफडा भएको थियो । बुद्धचोकमा हामीले एकअर्काको टाउको नै फुटाउने काम गरे पनि दिमागमा शान्ति भरिदिने कोही थिएन । दिउँसो पो भीड हुन्छ । कोरोनाको सङ्कटकालमा राति बुद्धचोकमा पहिले त भगवान् बुद्धसितै झगडा गरिरहेको थिएँ । मैले झगडा गरेको एकजना भलाद्मीलाई चित्त बुझेन छ । उनको भनाइ थियो ऊ हुँदाहुँदै बुद्धसित किन झगडा गर्नु ? मैले सोझै भनें– घरमा दिव्य सुन्दरी पत्नी हुँदाहुँदै कतिपय मानिस अर्काकी पत्नी ताक्छन् कि नाइँ ?
उसले सोझै भन्यो– तेरी पत्नी नराम्री छ भन्दैमा तैंले मेरी पत्नी ताक्ने ?
म– मैले तपाईंलाई चिनेकै छैन ।
ऊ– मेरी पत्नीलाई चिने भइहाल्यो नि, मलाई किन चिन्थिस् ?
अलिकति पिएको थिएँ, उसको बोलीले पूरा होशमा ल्याइदियो । मैले भनें– धरोधर्म, म सपनामा पनि आफ्नीबाहेक अरूतिर हेर्दिनँ । एक रात सपनामा यस्तै बर्बराएको थिएँ, टाँगाको घोडाले लात्ती हानेझैं पत्नीले दिएको लात्तीले मेरो सपना बेपत्ता भएको थियो । त्यसपछि अहिलेसम्म कुनै सपना आउँदैन मेरो ओछ्यानमा ।
ऊ– तेरी पत्नीजस्ती आइमाईसित त हामी बस्नै सक्दैनौं । पत्नी त मेरीजस्तो हुनुपर्छ । आहा, उसलाई देख्यो कि सपना देख्नै नपर्ने ।
अब उसलाई जिस्क्याउने मौका मिल्यो । मैले भनें– उसो भए यार, एक दिनको लागि सापटी नै भएपनि मेरो सपना तिम्री पत्नीलाई पठाइदेऊ न १ त्यो मेरो परम सौभाग्य हुनेछ ।
कुरो मुखबाट फुत्किन नपाउँदै बुद्धकै अगाडि उसले दिएको लात्तीले म रन्थनिएँ । बुद्धकै मूर्तिमा चोट लाग्यो र मैले पनि एक लात्ती दिएर कुलेलम ठोकें । रुँदै कराउँदै भाग्दै गर्दा पो निद्रा खुल्यो त ।
बटमवाला मोबाइलको नाम राजा राखेको थिएँ । जब त्यसको रिङटोन बज्दथ्यो, तब घरका सबैले भन्थे– राजाबाट बोलावट आएको छ । राजाले बोलाइस्यो । एक दिन मेरी पत्नीले यसो भनिन्– राजाजी बोलाइराखिस्या छ ।
यो राजाजी मलाई भनेकी हुन् कि मोबाइललाई वा अरू कसैलाई, मैले अहिलेसम्म बुझ्न सकेको छैन ।
जे होस्, साह्रै मनपर्ने बटमवाला मोबाइल हुँदाहुँदै रहरले होइन करले नै भएपनि कसैले दुईवटा बिहे गरेर घरमा भिœयाउनुपरेझैं मैले पनि स्क्रीन टचलाई भिœयाएँ । नयाँ मोबाइल त नयाँ दुलहीजस्तै हुने रहेछ । जतिखेर पनि हेरिरहूँ र जतिखेर पनि चलाइरहूँजस्तो । तर मलाई भने खासै रुचिकर लागेन । म बटमवाला मोबाइलमा नै सर्पले खाने र सर्प बढ्दै जाने तथा अन्तमा आफ्नै पुच्छर छल्न पनि मुश्किल हुने गेम खेल्न मन पराउँथे ।
कतै जाँदा कहिलेकाहीं एउटै खल्तीमा दुवै मोबाइल बोक्थें । योबाहेक दुई मोबाइलको चिनापर्ची हुन दिएको थिइनँ । मलाइ डर थियो कि कथङ्कदाचित दुवै मोबाइल मिलेर कुनै दिन हडताल गरे भने म कसरी कोसित कुराकानी गर्ने ? दुवै मोबाइल मिलेर कुनै समस्या सिर्जना गरिदिए अर्को अप्ठ्यारो । वास्तवमा मलाई स्क्रिन टच मोबाइल चलाउन आउँदैन तर यो कुरा एक्सपोज हुन दिनुछैन ।
एक दिन नयाँ मोबाइलको भुँडी ठूलो भएजस्तो लाग्यो । शङ्का मात्रै होला भन्ठानें । केही दिनमा त प्रस्ट भइहाल्यो । मोबाइलको भुँडी ठूलो हुँदै आयो । नयाँ स्क्रीन टच मोबाइललाई सबैले रानी भनेर बोलाउँथे । अब मलाई शङ्का लाग्यो । राजाले रानीलाई भुँडी बोकायो । अझ यति कम दिनमा मोबाइलले भुँडी बोकेपछि मलाई के कुरामा बढी शङ्का लाग्यो भने हो न हो यो मोबाइल मेरो घरमा भित्रिनुपूर्व माइतीदेखि नै पेट बोकेर आएकी थिई कि ?
यो लाजको कुरा कहाँ भन्नु । समय व्यवस्थापन गरेर बडो मुश्किलले मोबाइल किनेको पसल पुगें । त्यहाँ पनि अरूको अगाडि के भन्नु ? ग्राहक आउने र जाने क्रम चलिरह्यो । मैले धेरै बेर कुरेपछि कोही ग्राहक नभएको मौका छोपी साहुलाई भने– तपाईंले भुँडी बोकाएर मोबाइल बिक्री गर्नुहुन्छ ? कि तपाईंको पसलमा कुनै मोबाइलले मेरो मोबाइललाई बलात्कार गरेको हो ? मोबाइल पहिलोचोटि नै अन गर्दा यसमा एउटी हिरोइनको फोटो आएको थियो । त्यति बेला मैले होशै गरिनँ ।
मेरो समस्या साहुले राम्ररी बुझे किनभने मैले मोबाइल देखाएको थिएँ । यसरी पनि थपिदिएँ– यदि तपाईंको मोबाइलपसलको गलती होइन भने यही फुच्चे बेटमवाला हो कि बटमवाला मोबाइलको गलती हुनुपर्छ ।
मुस्कुराउँदै पसल साहुको वचन फुत्क्यो– यो तपाईंको गलती हो ? तपाईंले नै हो यस्तो राम्रो मोबाइललाई भुँडी बोकाएको हो । अब तपाईंमाथि कारबाही हुन्छ ।
म त छाँगाबाट खसेजस्तै भएँ । मैले भनें– म त छोरीजस्तै बनाएर यसलाई पालेको छु । अनि कसरी ममाथि बलात्कारको आरोप लगाउनुहुन्छ ।
पसले गम्भीर भएर बोल्यो– तपाईं एक छिन बजार घुमेर आउनुस् । हामी यसको उपचार गर्छौं। केहीबेर लाग्छ ।
बजारमा त सबै हाँसीखुशी देखिन्थे । मेरो अनुहारमा भने बा¥ह बजिरहेको थियो । ममाथि गम्भीर आरोप लागेको कसरी सहनू ? मलाई एक मनले लागिरहेको थियो कि पसलेमाथि मुद्दा हालिदिऊँ । अर्को मनले भनिरहेको थियो अनजानमा कुनै गलती पो भइहाल्यो कि ? आजको युग इन्टरनेटको युग हो । कतै यस मोबाइलमैं मेरो कर्तुत रेकर्ड पो छ कि ? म त केही बुझ्न नसकेर रन्थनिएको थिएँ ।
यो केहीबेर भनेको कति हो ? एकजनालाई सोधें । तिनले नम्र भएर बोले– महानुभाव, यो केहीबेर भनेको कतिबेर हो भन्ने कुरो म केहीबेरपछि मोबाइलमा हेरेर बताउँछु ।
म पनि त लालबुझक्कड छु । तिनले बताउन नचाहेको कुरा बुझिहालें । अनि पसलतिर लागें ।
–केहीबेर भन्नुभएको थियो, धेरै बेर पो भयो त ?
–तपाईंको मोबाइल अहिले आइसियूमा छ ।
–किन के भयो ?
–केही होइन, तपाईं बढ्ता गर्नुहुन्छ । अबदेखि बढ्ता गर्नुभयो भने तपाईंलाई हेर्ने कोही हुँदैन । कुरो बुझ्नुस् ।
–मैले के बढता गरें ?
–हन्ड्रेड पर्सेन्टभन्दा पनि बढ्ता गर्नुहुन्छ र धेरैबेरसम्म गर्नुहुन्छ ।
–के हजुर ?
–चार्ज ।
–मतलब ?
–तपाईं यस मोबाइललाई धेरै चार्ज गर्नुहुँदो रहेछ । कुनै पनि हालतमा सय पर्सेन्ट पुगेपछि मोबाइल चार्जमा नछोड्नुहोला । हैन भने यही हालत हुन्छ ।
मैले बल्ल कुरो बुझें । अलिकति भएपनि आफ्नै मूर्खतामाथि हाँसें ।