वीरगंजका सबै विद्यालय बस सेवासहित पूर्णरूपमा सञ्चालित

प्रस, वीरगंज, १९ भदौ/ वीरगंज महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आएसँगै स्कूल बसहरूसमेत चलाउन शुरू भएको छ । वीरगंज महानगरपालिकाले साउन पहिलो साताबाट महानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने स्वीकृति दिएको थियो । हुनत अघि पनि महानगरपालिकाले नयाँ शैक्षिक सत्र असार […]

एनआइसी एशियाको धोबिनी शाखामा चोरी

प्रस, वीरगंज, १८ भादौ/ पर्सा, धोबिनी गाँउपालिका–४ लङडीस्थित एनआइसी एशिया बैक शाखा कार्यालयमा शुक्रवार बिहान चोरी भएको छ । बैंकका शाखा प्रबन्धक सच्चिदानन्द चौहानले ल्यापटप–१ थान र कम्प्युटरका केही सामान चोरी भएको पुष्टि गरेका छन् । इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरिक्षक दीपक थापाले दुईजना चोर रेनकोट लगाएर आएका र उनीहरूसँग अक्सिजन सिलिन्डरसहित वेल्डिङ मेशिन […]

थरूहट क्षेत्रमा जग्गाको मूल्य आकाशियो

ओमप्रकाश चौधरी, सेढवा, १७ भदौ/ पर्साको ग्रामीण भेगमा जग्गाको मूल्य वृद्धि हुनुको साथै खरीद बिक्री बढेको छ । विशेषगरी गण्डक नहरदेखि उत्तर रहेको थारूवान क्षेत्रमा जग्गा खरीद बिक्री बढेको छ । हुलाकी सडक, जनता सडक तथा थरूहट सडक निर्माण भइरहेको हुँदा यातायात, बिजुली बत्तीको सुविधा विस्तार भएसँगै जग्गा खरीद–बिक्री पनि बढेको हो । पटेर्वासुगौली गाउँपालिका– […]

सांस्कृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनर्निर्माणका लागि सम्झौता

प्रस, वीरगंज, १९ भदौ/ भारत सरकारको नेरु ४२० करोड अनुदान सहयोगमा १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ललितपुर, नुवाकोट, रसुवा र धादिङ जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजना […]

वीरगंजबाट अचम्मले मच्छर हरायो

प्रस, वीरगंज, १९ भदौ/ वीरगंज महानगरपालिका कार्यालयका सरसफाइ महाशाखा प्रमुख इन्जिनीयर राजीव सिंहले मौसम परिवर्तनका कारण वीरगंज महानगरपालिकामा मच्छर (लामखुट्टे) को प्रकोप कमजोर भएको बताएका छन् । दशकौंदेखि मच्छरको शहरको रूपमा परिचित वीरगंजमा करीब नौ महीनादेखि मच्छर–आतङ्क छैन । छिटपुट मात्र मच्छर देखा परेको छ । मच्छर विरुद्ध महानगरपालिकाले पाँच महीनादेखि कुनै अभियान नचलाएको प्रमुख […]

गोदाममा छापामारी, लाखौं मूल्यको सामान बरामद

प्रस, सिम्रौनगढ, १९ भदौ/ सीमावर्ती भारतको घोडासहन शहरको एउटा गोदाममा प्रहरीले छापा मारी ६ लाख रुपैयाँबराबरको कपडा बरामद गरेको छ । शुक्रवार दिउँसो छापा मारिएको र १० बोरा कपडा बरामद भएको घोडासहन थाना प्रमुख अखलेश मिश्रले बताए । उनले तस्करीको माध्यमबाट नेपाल लैजाने उद्देश्यले सो गोदाममा कपडा सञ्चय गरिएको सूचनाका आधारमा छापामारी गरिएको बताए । […]

पर्सागढीमा आँखा र दाँतको पनि उपचार शुरू

प्रस, पर्सागढी, १९ भदौ/ पर्सागढी नगरपालिका–३ पकडिया बढनिहार बजारमा शुक्रवार आयोजित आँखा तथा दाँत क्लिनिकको उपप्रमुख अर्चना चौधरीले उद्घाटन गरिन् । एभरेष्ट आँखा तथा दाँत उपचार केन्द्रको उद्घाटन गर्दै उपप्रमुख चौधरीले पर्सागढी नगरपालिकामा अन्य सेवाका लागि क्लिनिकहरू सञ्चालनमा रहेपनि आँखा र दाँत क्लिनिक नरहेकोमा आजदेखि सोको पनि व्यवस्था भएकोमा प्रशंसा गरिन् । उनले आँखा र […]

४६ छात्रालाई साइकल वितरण

प्रस, पंचगावाँ, १९ भदौ/ प्रदेश नं २ का मुख्यमन्त्रीको “बेटी पढाऊ, बेटी बचाऊ” अभियान अन्तर्गत सखुवाप्रसौनी गाउँपालिकामा रहेका तीनवटा विद्यालयका कक्षा ८ मा अध्ययनरत ४६ जना छात्रालाई शुक्रवार साइकल वितरण गरिएको छ । सखुवाप्रसौनी गाउँपालिका–१ औराहास्थित भोलेशङ्कर आधारभूत विद्यालयमा १७ जना, नेरामावि सिरहीसथवलका २० जना र नेराआवि सिधपुरमा ९ जना गरी ४६ जना छात्रालाई साइकल […]

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

काठमाडौं, १८ भदौ/रासस नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ । टेलिकमले बिहीवार एउटा सूचना जारी गर्दै सो समस्या आएकोले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल […]

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्