प्रस, वीरगंज, १६ भदौ/

वीरगंज महानगरपालिका–२५ स्थित सुक्खा बन्दरगाह विस्तारको लागि अधिग्रहण गरिएको ६२ बिघा जग्गाको मुआवजा वितरणमा ढिला भएको भन्दै स्थानीयले बुधवार सुक्खा बन्दरगाह भन्सार अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् ।

मुआवजा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेलाई भन्सार अधिकृत डा लालबहादुर खत्रीमार्फत ज्ञापनपत्र बुझाइएको थियो । गाउँ अधिग्रहण समितिको भदौ १४ गते बसेको बैठकले गत आवमा आंशिकरूपमा मुआवजा वितरण गरिएको र हाल सो कार्य स्थगन गरिएको भन्दै मुआवजा वितरणको माग गर्दै ज्ञापनपत्र बुझाइएको बताएको छ ।

गाउँ अधिग्रहण समितिका अध्यक्ष भैयाराम प्रसादले ज्ञापनपत्र बुझाउँदै भौतिक सम्पत्तिसमेतको मुआवजा यथाशीघ्र वितरण गर्न माग गरे । उनले मुआवजा वितरणमा ढिला हुँदा पीडित परिवारलाई मूल्यवृद्धि अनुसार हर्जानासमेत दिनुपर्ने माग गरे ।

अध्यक्ष भैयारामले मालपोत कार्यालय, पर्सामा वक्र्षौंदेखि जग्गासम्बन्धी कारोबार रोक्का रहेको कारण हालसाबिक र प्रमाणित गर्न नसकेका जग्गामा सहज ढङ्गले हालसाबिक गरेर मुआवजा दिनुपर्ने, गाउँबस्तीको जग्गा अधिग्रहण गरेका कारण विस्थापित परिवारलाई पुनर्बासको साथै शिक्षा, स्वास्थ्य, सञ्चार, ढल, खानेपानीलगायतका संरचनासहितको घडेरी सुपथ मूल्यमा उपलब्ध गराउनुपर्ने माग गरे ।

ज्ञापनपत्र बुझ्दै प्रमुख भन्सार अधिकृत खत्रीले मुआवजा वितरणका लागि सरकारको ध्यानाकक्र्षण गराउने आश्वासन दिए । उनले जति छिटो मुआवजा वितरण हुन्छ, राज्यलाई उत्तिकै हलुको हुन्छ भन्दै सरकारले पहिलो किस्तामा पठाएको रकमबाट केही मुआवजा वितरण गरिएको र रकम अभावले थप मुआवजा वितरण हुन नसकेको बताए । उनले मुआवजा रकम चाँडै पठाउने सरकारले आश्वासन दिंदै आएको र आफूले ताकेता गर्दै अFएको बताए ।

२०७३ पुस १७ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट ६२ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय भएको थियो भने २०७६ मङ्सिर १७ गते मुआवजाको रकम निर्धारण गरिएको थियो । सुक्खा बन्दरगाह प्रवेशद्वारदेखि पद्मरोडसम्म जोडिएका जग्गा, गाउँ, ब्लक जाने बाटो, शाखा बाटोसँग जोडिएका जग्गा, आइसिपी उत्तर पर्खालसँग जोडिएका जग्गाको छुट्टाछुट्टै मूल्याङ्कन गरिएको थियो ।

तर अधिग्रहण गरिएको जग्गाको पूर्ण मुआवजा भने अहिलेसम्म वितरण गरिएको छैन । अहिलेसम्म २० बिघा जग्गाका ५२ जना जग्गाधनीले मात्र मुआवजा पाएको बताइएको छ । अधिग्रहण गरिएको ६२ बिघामा ३९९ जना जग्गाधनीले मुआवजा लिनुपर्नेमा अहिलेसम्म ३४७ जनाले मुआवजा पाएका छैनन् ।

हालसम्म मुआवजाबापत पहिलो चरणमा गत वक्र्ष फागुन महीनादेखि वैशाखसम्म डेढ अर्ब रुपैयाँ मुआवजा वितरण गरिसकिएको छ तर थप मुआवजा वितरणको लागि रकम निकासा नहुँदा अहिले अन्योलता छाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here