माधव तिमल्सिना, ठोरी, १६ भदौ/

ठोरी गाउँपालिकामा पुनः पानीको हाहाकार भएको छ । निर्मलबस्ती खानेपानी आयोजना गत शनिवारदेखि बिग्रिएपछि वडा नं ४ मा पानीको हाहाकार भएको छ ।

निर्मलबस्तीमा रहेको निर्मल खानेपानी आयोजना पुरानो र जीर्ण अवस्थामा रहेकोले पटक–पटक बिग्रिंदा पानीको समस्या हुने गरेको छ । यसअघि वैशाख र असारमा खानेपानी आयोजना बिग्रिंदा एक साताभन्दा लामो समय खानेपानीको हाहाकार भएको थियो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर पाख्रिनले खानेपानीको टङ्की नेपाली सेनाको पोस्ट रहेको ठाउँमा भएको र पानीको भल्भ चेम्बर बिग्रिएकोले पानी आउन बन्द भएको बताए। उनले गाउँमा आउने खानेपानीको मुख्य भल्भ चेम्बर नै बिग्रिएकोले सुन्दरटोल, शान्तिटोल, आठघरे, मिलचोक, गुम्बालाइन, ठाडोलाइन, फायरलाइनलगायतको टोलमा खानेपानीको अहिले समस्या भएको छ । गर्मीयाममा नुहाउन, कपडा धुन, भाँडा माझ्न, गाईवस्तु र मानिसलाई पिउने पानीको पनि समस्या भएको छ ।

खानेपानीको लागि यहाँका टोलवासीले डीप बोरिड्ढो पानी प्रयोग गर्दै अFइरहेको भएपनि अहिले सोबाहेकको अन्य कामको लागि पानीको प्रयोग नहुँदा अभाव भएको हो । निर्मलबस्ती खानेपानी आयोजनामा खराबी भएर पानी बन्द भएपछि मानिसहरू शनिवारदेखि वडाका चोकचोकमा जापान सरकारको सहयोगमा निर्मित धारामा निर्भर भएका छन् । यही कारण अहिले धारामा मानिसहरूको बिहानैदेखि लाम लाग्न थालेको छ ।

स्थानीय सावित्री श्रेष्ठले बिहान ५ बजेदेखि नै मानिसहरू धारामा लामबद्ध हुने गरेको बताइन् । उनले घरका अन्य काम छाडेर तीन दिनदेखि पानीको समस्यामा महिलाहरू रुमलिनुपरेको बताइन् । उपभोक्ता समितिका अध्यक्ष पाख्रिनले खानेपानी आयोजना सुचारु गर्न अझै दुई/तीन दिन लाग्ने बताए । आज भल्भ चेम्बर निकाल्ने र भोलि मरम्मत गरेपछि शुक्रवारदेखि पानी पूर्ववत्रूपमा सञ्चालन हुने बताए ।

वडा नं ४ मा खानेपानीको ओभरहेड टङ्कीको निर्माण काममा ढिला हुँदा स्थानीयले खानेपानीको समस्या झेल्नुपरेको हो । जङ्गलभित्रबाट ल्याइएको पानी पिउन अयोग्य भएपनि वक्र्षौंदेखि सोही पानी उपभोग गर्न यहाँका बासिन्दा बाध्य छन् । जङ्गलभित्रको मुहान कहिले हात्तीले भत्काउने, कहिले बिग्रने जस्ता समस्याले यहाँका मानिसहरू पानीको अभाव झेल्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here