प्रस, वीरगंज, १६ भदौ/

संविधानसभा सदस्य एवं नेकपा एमाले पर्साका नेता राजकुमार गुप्ताले स्थानीय सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।

सखुवाप्रसौनी गाउँपालिका–३ मा एमालेले आयोजना गरेको कार्यक्रममा उनले पालिकाका जनप्रतिनिधिहरू जनसेवा र विकासभन्दा भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । नेता गुप्ताले साढे चार वक्र्षमा स्थानीय तहले गाउँको विकास गर्न नसकेकोमा दुःख व्यक्त गरे ।

पकाहामैनपुर गाउँ कमिटीका अध्यक्ष अखलेश साहको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष प्रभु हजरा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निक्षाद, सचिव मनोज गुप्ता, वीरगंज महानगरका अध्यक्ष डा विश्वम्भर शर्मा, महम्मद निजाम, रामकिशोर सिंह परागलगायतको सहभागिता थियो ।

यसैगरी, पटेर्वासुगौली गापा–२ स्थित थारू धर्मशालामा एमालेको पालिकास्तरीय भेला भएको छ । फरमान मियाँ अन्सारीको अध्यक्षता तथा केन्द्रीय सदस्य निर्मला देवकोटाको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here