प्रस, वीरगंज, १६ भदौ/

गण्डकी प्रदेशका पर्यटनमन्त्री फणिन्द्र शर्माले औद्योगिक क्षेत्र र भारतीय पर्यटकको लागि सिमरा–पोखरा उडान सहज हुने बताएका छन् ।

बुद्ध एयरले बुधवारदेखि सञ्चालनमा ल्याएको सिमरा–पोखरा सीधा उडानको उद्घाटन गर्दै मन्त्री शर्माले पर्सा–बारा औद्योगिक क्षेत्र र भारतीय सीमावर्ती क्षेत्रबाट पर्यटकहरू सिमरा भई पोखरा सीधा उडान जान अबका दिनमा सहज हुने बताए ।

यसले पोखराको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । पोखराबाट बुद्ध एयरको उडानबाट मन्त्री शर्मा सिमरा आएका थिए ।

सिमरा विमानस्थलमा प्रदेश २ का पर्यटनमन्त्री रामनरेश यादवले पर्यटकीय पोखरासँगै प्रदेश २ को हवाई सम्पर्क अन्य पर्यटकीय क्षेत्रमा पनि जोडिन पहल भइरहेको बताए । सिमरा–पोखरा हाललाई सातामा दुई दिन आइतवार र बुधवार दिउँसो १ः१५ बजेको उडान तालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here