काठमाडौं, १५ भदौ/रासस

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्य सेवा विभागले नियमित खोप सञ्चालन गरे पनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई खोप केन्द्रसम्म नलैजाँदा खोप कार्यक्रम प्रभावित भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना महामारीका बेला खोप लगाउन छुटेका बालबालिकालाई नियमित खोप कार्यक्रममा सहभागी गराउन सम्बन्धित सबै पक्षसँग आग्रह गरे ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण अन्तर्गत खोप तथा बाल स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले ७० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाएको जानकारी दिए । उनले सबै मानिस कोभिड–१९ विरुद्धको खोपमा केन्द्रित हुँदा खोप लगाउन छुटेको बताए ।

उनले भने, “कोरोना भाइरस सङ्क्रमणका समयमा हामीले नियमित खोप सञ्चालन गर्दा पनि अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन ल्याएनन् ।” उनका अनुसार सामान्य अवस्थामा पनि ९० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाउने गरेका छन् ।

शाखाका जनस्वास्थ्य अधिकृत श्रेष्ठले खोपले बाल मृत्युदर घटाउन ठूलो भूमिका खेल्ने भएकोले बालबालिकालाई खोप लगाउन आग्रह गरे । मन्त्रालयले कोरोना महामारीको समयमा सञ्चालन हुने नियमित खोप अभियानमा आफ्ना बालबालिकालाई खोप नछुटाउन सबैलाई आग्रह गरेको छ ।

विभागले जन्मदेखि पाँच वक्र्षसम्मका बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध, बाल मृत्युदर कम गर्न र कुक्षोक्षणबाट बच्नका लागि विभिन्न १२ प्रकारका खोप लगाउँँदै आएको छ। विसं २०३४ बाट बिसिजी, डिपिटीलगायत शुरू गरिएको खोपको नियमित अभियान अन्तर्गत अहिलेसम्म बालबालिकालाई विभिन्न १२ प्रकारका खोप दिंदै आइएको छ ।

विसं २०४५ मा बिसिजी र डिपिटी खोप सबै जिल्लामा लागू गरिएको थियो । विसं २०६० मा पुनः छ प्रकारका खोप हेपाटाइटिस–बी, निमोनिया, जापानिज इन्सेफ्लाइटिसलगायत दिन थालिएको हो । जन्मिने बित्तिकै बिसिजी खोप, छ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभी, पिसिभी, डिपिटी, हेप बी–हिब, नौ महीनामा पिसिभी, दादुरा–रुबेला, १२ महीनामा जापानिज इन्सेफ्लाइटिस र १५ महीनामा दादुरा–रुबेला खोप लगाउने गरिन्छ ।

यस्तै, जन्मेको एक महीनाभित्र सरकारले पेन्टाभ्यालेन्स (बिसिजी, हेपाटाइसिट–बी, लहरेखोकी, भ्यागुते रोग र इन्फ्लुएन्जा) रोगविरुद्धको खोप दिने गर्दछ । सन् २०१६ को राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य तथ्याङ्क अनुसार एक वक्र्षमुनिका बाल मृत्युदर ३२ प्रतिशत र पाँच वक्र्षमुनिका बालबालिकाको मृत्युदर ३९ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here