काठमाडौं, १६ भदौ/रासस

विसं २०७२ को भूकम्प जाँदा उद्योगी तथा व्यवसायी मनीक्ष रूँगटा काठमाडौंमा नै थिए । भूकम्प गएपछि आफ्नो घरमा बस्ने डरले दुर्ई वक्र्षकी छोरी र पत्नीसँगै उनी पनि खुला पार्कमा रात काट्न बाध्य भए ।

रातको समय पार्कमा बस्दा फुरेको सोचमा चारजना व्यवसायी मिलेर एशियन कङ्क्रिटो स्थापना गरिएको उनले बताए । “कमसल निर्माणजन्य सामग्रीका कारण हामी रातको समय घरबाहिर बस्नुप¥यो, पछिल्लो समय मैले जस्तै दुःख आम उपभोक्तालाई नहोस् भनेर हामीले गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्ने सोचले कङ्क्रिटो उद्योग स्थापना गर्ने सोच बनायौं” –उनले भने ।

उनको सोचमा व्यवसायी गौरव अग्रवाल, राजेश अग्रवाल, अनिल जाटिया र मनोज केडियाले साथ दिए । उनीहरू पाँचजनाको सोच र करीब रु डेढ अर्ब लगानीमा नवलपरासीको रामग्राम नगरपालिकाको हाक्यु क्षेत्रमा सन् २०१७ मा कङ्क्रिटो उद्योग स्थापना भएको थियो । एशियन कङ्क्रिटो पूर्णरूपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो । मासा विश्वमा ब्लक उत्पादन गर्ने कम्पनीमा सबैभन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनीका रूपमा चिनिन्छ । मासा कम्पनीलाई नेपालमा उद्योग लगाउन कन्भिन्स गर्न उद्योगका लगानीकर्तालाई समय पनि लाग्यो ।

गुणस्तरीय ब्लक उत्पादन गर्ने कम्पनीमध्ये जर्मनीको मासा कम्पनी रहेको थाहा पाएपछि प्रविधिबारे बुझ्न उनीहरूको टोली जर्मनी गयो । “लामो समयको प्रयासपछि सो प्रविधि नेपाल भिœयाउन सफल भयौं । जर्मन कम्पनीले हामीलाई विश्वास नगर्दा धेरै दुःखका साथ हामीले मासा नेपालमा प्लान्ट लगाउन मेशिन ल्याएका हौं” –उनले भने–“अहिले पनि उद्योगको उत्पादन प्रक्रियाबारे जर्मनी कम्पनीले प्रत्यक्ष जानकारी लिइरहेको हुन्छ । उद्योगको प्लान्ट र अन्य ठाउँमा गरेर ३६ वटा क्यामरा जडान गरेका छौं । हामीले गरेको कामको प्रत्यक्ष निगरानी जर्मनी कम्पनीले नै गर्ने गर्छ ।”

गुणस्तर प्रमाणित

नेपाली कच्चा पदार्थ उपयोग गर्दै विभिन्न ३० प्रकारका निमार्णजन्य वस्तुको उत्पादन गर्दै आएको सो कम्पनीले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर (एनएस) पाएको छ । विभागले कङ्क्रिटो उद्योगका रूपमा पहिलोपटक नै एशियन कम्पनीलाई एनएस दिएको हो ।

कम्पनीले कङ्क्रिटका इन्टरलक पेभर, कर्बस्ट्रोन, कङ्क्रिट टायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, स्ल्याब, ड्रेनलगायत ३० प्रकारका निर्माण सामग्री उत्पादन गर्दै आएको बताइएको छ । यसअघि युरोपेली र भारतीय मापदण्ड अनुसार मात्र निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कम्पनीले अब नेपाली मापदण्डमा समेत निर्माण गर्न शुरू गरेको बताएको छ ।

गौरवका आयोजनामा प्रयोग

सो कम्पनीले उत्पादन गरेका कङ्क्रिटका निर्माण सामग्री राष्ट्रिय गौरवका आयोजनादेखि सडकपेटीसम्म प्रयोगमा ल्याइएको छ । कालोपत्रको विकल्पका रूपमा शहरका भित्री सडकमा कङ्क्रिटका निर्माण सामग्रीको प्रयोग भएमा शहरी सौन्दर्य बढ्नाका साथै वातावरणमैत्री हुने, वक्र्षाको पानी जमीनमुनि पठाउन सकिने र फोहोरमैला नदेखिने र एकपटक प्रयोग गरेपछि पुनः प्रयोगमा ल्याउन सकिने भएकाले यसको उपयोगिता निकै रहेको उनको भनाइ छ ।

उद्योगका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा, पथलैया–वीरगंज ६ लेनको सडक, बारा–पर्सा जनता आवास, इटहरी–विराटनगर छ लेन सडक परियोजना, मदन भण्डारी लोकमार्ग, सिभिल हस्पिटल, अम्ब्रेला स्ट्रीट भरतपुर, पोखराको चिप्लेढुङ्गा, विपीचोक, पोखरा लेकसाइडको शान्तिनगर, ललितपुरलगायत देशैभरका विभिन्न आयोजनामा समेत प्रयोग हुँदै आएको कम्पनीका अध्यक्ष रूँगटाले जानकारी दिए ।

उद्योगी जाटियाको निधन

उद्योगी तथा व्यवसायी अनिल जाटियाको निधन भएको छ । एशियन कङ्क्रिटोका सञ्चालकसमेत रहेका जाटियाको मङ्गलवार राति ह्दयाघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सो कम्पनीले नापतौल तथा गुणस्तर विभागबाट एनएस पाएको सार्वजनिक गर्न मङ्गलवार दरबारमार्गको एक होटेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनीसमेत सहभागी थिए ।

अन्ठाउन्न वक्र्षीय जाटियाको होटेलमा नै ह्दयाघात भएपछि तत्काल उपचारका लागि शिक्षण अस्पताल महाराजगंज पु¥याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको कम्पनीका अध्यक्ष रूँगटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here