प्रस, वीरगंज, १७ भदौ/
वीरगंज महानगरपालिका वडानं. २० हरपतगंज निवासी पप्पु नट वितेको एक महिना देखि बेपत्ता भएको उनको परिवारजनले जानकारी गराएको छ । गत साउन १० गते देखि पप्पु बेपत्ता भएको उनकी पत्नी उक्षादेवी नटले बताइन् ।
उक्षा देवीले प्रतीकलाई जानकारी गराए अनुसार साउन १० गते मध्यान्ह देखि पप्पु घर परिवार तथा आफन्त जनको सम्पर्कमा आएका छैनन् । लगतै प्रहरीलाई खबर गर्नुका साथै नेपाल, भारत स्थित आफन्तजनको खोजतलास गर्दा कतै पनि फेला परेको छैन । ३८ बक्र्षिय पप्पु केही महिना पहिले बैदेशिक रोजगारीबाट फर्किएका थिए । उनको मानसिक अवस्था ठिक नरहेको भन्दै रोजगारदाता कम्पनीले घर फिर्ता पठाएको थियो ।
कुनै बेला मानसिक अवस्थ ठिक नभएको लक्षण देखा पर्ने गरेका पप्पु आफनो घरैमा बसीरहने गर्थे । उनी घरबाटै बेपत्ता भए देखि नै खोजतलास जारी रहेको पप्पुका भाइ दिनेशकुमारले बताए। पप्पु बेपत्ता भएको कुरा प्रहरीमा जानकारी आएपछि प्रहरीले सम्बन्धीत स्थानहरूमा खोजतलास गर्नुका साथै सीमा नाकामा समेत निगरानी बढाएको वडा प्रहरी कार्याल श्रीपुरले जनाएको छ ।