प्रस, जीतपुर, १६ भदौ/

जीतपुरसिमरा उपमहानगरपालिकाले फोहर नउठाएको विरोधमा बुधवार दोस्रो दिन पनि स्थानीय युवाहरूले उपमनपा कार्यालयअगाडि फोहर फ्याँकेर विरोध जनाएका छन् ।

उपमनपा कार्यालयले बजारको फोहर उठाउनेतर्फ ध्यान नदिएको र फोहरको डुङ्गुरले दुर्गन्ध फैलिएको भन्दै युवाहरूले ठेलामा फोहर सङ्कलन गरी उपमनपा कार्यालयअगाडि खसालेर विरोध जनाएका हुन् ।

मङ्गलवारदेखि उनीहरूले फोहर नउठाउन्जेलसम्म दैनिक उपमनपा कार्यालयअगाडि फोहर फालेर विरोध जनाउने बताए ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, बाराका अध्यक्ष मोहन शर्माले सडक क्षेत्रको फोहर सङ्कलन नगर्दा दुर्गन्ध फैलिएको बताए । उनले फोहर सङ्कलनजस्तो गम्भीर विक्षयमा उपमनपा उदासीन रहेको बताए । सिमरा र औराहाका युवाहरूले आज बिहान भेला भएर टेलरमा फोहर लोड गरी कार्यालयअगाडि थुपारेका हुन् । स्थानीय अजित खतिवडा, किसन ढकालको नेतृत्वमा विरोध हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here