काठमाडौं, १५ भदौ/रासस

नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भि¥याएको छ । नेदरल्यान्ड्सबाट पहिलोपटक भिœयाइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानी इन्धनको रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।

सो देशको एक कम्पनीसँग सन् २०२० मा भएको सम्झौता अनुसार आठ मेशिन ल्याउने सहमति अनुसार हालै आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगंज र नेपालगंजमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार सो मेशिनबाट काठमाडौंमा ब्रिकेट उत्पादन शुरू भइसकेको छ भने आजै नेपालगंजबाट पनि थालनी गरिनेछ र छिट्टै अन्य दुर्ई स्थानबाट पनि उत्पादन हुनेछ ।

“आगामी असोजसम्म बाँकी चारवटा मेशिन पनि झिकाई जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट उत्पादन शुरू हुनेछ”–उनले भने । पहिलोपटक जलाइएका चार सय बन्डल नोटबाट करीब चार सय केजी खरानी निस्केको थियो । नोटको आकार अनुसार खरानीको परिणाम फरक पर्ने उनको भनाइ छ ।

चलनचल्तीमा ल्याउन नमिल्ने नोट जलाउन झन्झटिलो हुने तथा धूवाँधूलोले वातावरण प्रदूषित हुने भएकोले आधुनिक प्रविधि अनुसार जलाउने र त्यसलाई अन्य प्रयोजनमा ल्याउन सकिने भएकोले बैंकले उपकरण खरदि गरेको जनाएको छ ।

प्रमुख नेपालका अनुसार उपकरणको पहिलो भागले नोट टुक्य्राउने काम गर्दछ भने दोस्रो भागले ब्रिकेट तयार गर्दछ । यसरी उत्पादन गरिएका ब्रिकेटलाई इँटाभट्टा वा कोइला प्रयोग हुने उद्योग, कारखानादेखि घरायसी प्रयोजनमा ल्याउन सकिने उनले जानकारी दिए । बैंकले प्रतिवर्ष करीब रु ४०–४५ अर्बको नोट नष्ट गर्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here