प्रस, जीतपुर, १५ भदौ/
जीतपुरसिमरा उपमहानगरपालिकाले फोहर नउठाएको विरोधमा स्थानीय युवाहरूले महानगर कार्यालयअगाडि फोहर थुपारेर विरोध जनाएका छन् ।
जीतपुरसिमरा बजार क्षेत्रमा केही समयदेखि फोहर नउठाएको र फोहरको कारण दुर्गन्ध फैलिएको भन्दै युवाहरूले उमनपा कार्यालयअगाडि फोहर थुपारेका थिए ।
उनीहरूले बारम्बार फोहर व्यवस्थापनको लागि उमनपाको ध्यानाकर्षण गराउँदा चासो नदेखाएपछि बाध्य भएर सो कार्य गरेको बताएका छन् ।
युवाहरूले उपमनपाले यस उप्रान्त पनि फोहर व्यवस्थापनमा चासो नदेखाए दैनिक कार्यालयअगाडि फोहर उपहारस्वरूप पठाउने बताएका छन् ।