प्रस, वीरगंज, १५ भदौ/
इलाका प्रहरी कार्यालय, ठोरीले एकजना रोगीको उद्धार गरी मानव सेवा आश्रममा पठाएको छ ।
मानव सेवा आश्रम वीरगंज शाखाका संयोजक सोनु मानव सेवाले अन्दाजी ४५ वर्षका बोल्न र सुन्न नसक्ने व्यक्तिलाई प्रहरीले उद्धार गरी आश्रममा ल्याएको बताए ।
उनले आश्रममा ल्याएका मनोरोगीलाई नारायणी अस्पतालमा पिसिआर परीक्षण गरी आश्रममा राखिएको जानकारी गराइन् ।