प्रस, वीरगंज, १४ भदौ/

विश्व हिन्दू परिषद्ले ९७औं अन्तर्राष्ट्रिय स्थापना दिवसको अवसरमा शोभायात्रा निकालेको छ ।
श्रीकृष्ण जन्माष्टमी र स्थापना दिवसको अवसरमा विश्व हिन्दू परिषद् पर्साले शोभायात्रा निकालेको हो । वीरगंज–८ गहवाबाट निकालेको शोभायात्रा नगरपरिक्रमा गर्दै गहवा मन्दिरस्थित कृष्ण मन्दिरमा पुगेर समापन भएको थियो ।

सो कार्यक्रममा बोल्दै विश्व हिन्दू परिषद्का महासचिव जीतेन्द्रकुमार सिंहले शोभायात्रा हिन्दू धर्मावलम्बीहरूको लागि गर्वको विषय भएको बताए । उनले हिन्दू धर्मावलम्बीहरू विभिन्न जातजातिमा बाँडिए पनि एकापसमा मिलेर बस्नुपर्ने सुझाव दिए । उनले धर्म–संस्कृति जोगाउन सबै हिन्दूलाई एकजुट हुन आग्रह गरे ।

वडाध्यक्ष राजकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष ओमप्रकाश साह, सचिव कृष्णमोहन सहाय, महानगर अध्यक्ष बृजेश मल्लिक, जिल्ला सदस्य मोहन पटेल, अजय सिंहलगायतको सहभागिता थियो ।

यसैबीच, विश्व हिन्दू परिषद् पर्सा कार्यालयको आज उद्घाटन भएको छ । गहवास्थित भीमसेन मन्दिरअगाडि स्थापना गरिएको कार्यालयको महासचिव सिंहले उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here