प्रस, जीतपुर, १४ भदौ/
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले जीतपुरसिमरा उपमहानगरपालिकामा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जीतपुरसिमरा उपमनपाका प्रमुख डा कृष्ण पौडेलले सुखशान्ति मानवजीवनमा अनिवार्य चाहिने बताए । उनले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको सेवाबाट यस भेगका जनता लाभान्वित भएको बताए ।
कार्यक्रममा कृष्ण जन्माष्टमीको अवसरमा सतयुगी दुनियाँको चैतन्य झाँकी प्रदर्शन गरिएको थियो ।
ब्रह्माकुमारी रेणु दिदीको सभापतित्वमा भएको कार्यक्रममा राजयोगका प्रशिक्षक राजु घले, वडा सदस्य दुर्गा रिजाल, कृष्णवर्त सिंह, आफताब आलमलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा दुर्गा रिजाल, सञ्जय भाइ, बृजु भाइ, श्रवण भाइलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।