प्रस, सप्तरी, १४ भदौ/

मोटरमा जोडेको बिजुलीबाट करेन्ट लाग्दा सप्तरीमा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महादेवा गाउँपालिका–१ पकरी टोला निवासी ५३ वर्षीया अमिरकादेवी सदा रहेको प्रहरीले जनाएको छ ।

सोमवार बिहान पानी लिन चापाकलतर्फ जाने क्रममा चापाकलमा जडान गरिएको मोटरमा जोडिएको विद्युत्को तारमा खुट्टा टेकेपछि महिलालाई करेन्ट लागेको थियो । उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतकको शवलाई शल्यपरीक्षणका सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here