नितेश कर्ण, वीरगंज, १३ भदौ/

पर्सा जिल्लाबाट गत वर्ष दुईजनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय, पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले आव २०७७/७८ मा दुईजना नेपाली नागरिकले नागरिकता परित्याग गरेको बताए ।

यसैगरी, उनले गत वर्ष जिल्ला प्रशासनबाट ८ हजार ९४६ जनाको वंशज नागरिकता बनेको र ११ सयजनाको वैवाहिक अङ्गीकृत नागरिकता बनेको बताए ।

उनले सो आवमा ५ हजार ४८७ जनाले नागरिकता प्रतिलिपि लिएको र ८ हजार ४४६ जनाको राष्ट्रिय परिचयपत्र जारी भएको जानकारी गराए ।

यसैगरी, २ हजार ४६८ जनाले साधारण सिफारिशमा राहदानी बनाएको र ७६६ जनाले द्रुत सिफारिशमा राहदानी बनाएको बताए । गत वर्ष ७८ जनाविरुद्ध नागरिकता मुद्दामा प्रहरीलाई कारबाईको लागि फाइल पठाएको सूचना अधिकृत सप्रजिअ पौडेलले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here