प्रस, वीरगंज, १३ भदौ/

केही दिनदेखिको वर्षाले वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । पानी पर्नासाथ वीरगंजका केही क्षेत्र यसअघिदेखि नै डुबानमा पर्दै आएका छन् ।

खासगरी आदर्शनगर, रानीघाट, जिल्ला प्रशासन कार्यालय, छपकैया, रामटोल, श्रीपुर, तेजारथटोल, राधेमाईलगायतका क्षेत्र डुबानमा पर्ने गरेका छन् । पानी पर्न कम भएपछि केही समयमा डुबानमुक्त हुने गरेको छ । वीरगंज महानगरपालिकाको पानीको बहाव श्रीसिया नदीसँग जोडिएको छ । श्रीसिया नदीमा पानीको सतह बढेपछि महानगरको पानी जान बन्द हुन्छ र नदीमा पानीको सतह कम भएपछि डुबानमुक्त हुने गरेको छ ।

शनिवार रातिदेखि परेको अविरल वर्षाले आइतवार बिहान वीरगंज महानगरका थुप्रै वडा डुबानमा परे । जिल्ला प्रशासन कार्यालय पूर्णरूपमा डुबानमा परेको थियो । डुबानमा परे पनि सेवाग्राही भने कम भएनन् । नागरिकता, राहदानी लिनेहरूको भीड आइतवार पनि सामान्य अवस्थाभन्दा कम रहेन ।

प्रस, सेढवा/

बुधवारदेखिको वर्षाले पर्साको ग्रामीण क्ष्Fेत्रसँगको सडक सम्पर्क विच्छेद भएको छ भने यहाँका मानिसहरूको जीवन कष्टकर भएको छ । खासगरी दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरूलाई समस्या भएको हो । वर्षाले उनीहरूको रोजगार गुमेको र खानलाई अप्ठेरो परेको छ।

जगरनाथपुर गापा–३ का गिरिजा महरा चमारले अविरल वर्षाका कारण रोजगार गुमेको र खानलाई पनि धौंधौं भएको बताए । ठूलो परिवार भएको कारण दैनिकजसो ज्यालादारी गरी जीवनयापन गर्नुपर्ने बाध्यता रहेकोमा अहिले कठिनाइ भएको उनले बताए ।

जीराभवानी गापा–२ सेढवाको मुसहर बस्तीका मानिसलाई पनि निरन्तरको वर्षाले समस्यामा पारेको छ । उनीहरूको दैनिक जीवनयापन कष्टकर भएको छ । खोला–पोखरीबाट माछा, गङ्गटो, घोङी मारेर जीविकोपार्जन गर्दै आएका उनीहरूलाई लगातारको वर्षापछि खोलामा बाढी आएको कारण समस्या भएको हो ।

वर्षाले पशुपालक किसानहरूलाई पनि चिन्तित बनाएको छ । गाई, भैंसी, बाख्रालाई घाँस, स्याउलाको जोहो गर्न उनीहरूलाई समस्या भएको छ । वर्षाले पशुलाई घरमैं थोरै दाना खुवाएर राखिएको एकजना पशुपालकले बताए ।

ओरिया खोलाको तटबन्ध बाढीले भत्काएपछि दसौता र खमिया–इनर्वा डुबानमा परेको छ । बाढीले यहाँका सयौं परिवारलाई विस्थापित बनाएको छ । तटबन्ध मरम्मत गर्नेतर्फ पहल भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here