प्रस, सिम्रौनगढ, १३ भदौ/

सिम्रौनगढ नपा–९ बसवरियास्थित ५२ बिघामा रहेको देवताल झरोखर पोखरीमा माछाहरू मर्न थालेका छन् ।

५२ बिघामध्ये २२ बिघामा पानीको स्रोत रहेको र सोमा ठेकेदारले माछापालन गरेकामा एक सातादेखि माछा मर्न शुरू भएको ठेकेदार विद्यालाल प्रसादले बताए । उनले प्रतिदिन २० क्विन्टलको हाराहारीमा माछा मरिरहेकामा केही स्थानीयले लाने तथा केही त्यत्तिकै सडेर दुर्गन्धित भइरहेको बताएका छन् ।

पाँच वर्षको लागि यो पोखरीको ठेक्का रु ४ करोडमा लागेको छ । माछा आफैं मर्न थालेपछि ठेकेदार चिन्तित बनेका छन् ।

माछा विशेषज्ञ डा कमलेश सिंहले माटो र पानीमा प्रदूषणको मात्रा बढेपछि माछा मर्न थालेको बताएका छन् । उनले पोखरीको पानी फालेपछि मात्र समस्याको समाधान हुने सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here