प्रस, जनकपुरधाम, १३ भदौ/

प्रदेश २ का मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ ।

मुख्यमन्त्री लालबाबू राउत गद्दीले आइतवार दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
मुख्यमन्त्री गद्दीले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् ।

यसअघि अर्थमन्त्रीमा विजय यादव थिए । यादवलाई भने भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यादव जसपाका प्रदेश अध्यक्ष पनि हुन् । दुवैजना मन्त्री एकै दलका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here