प्रस, पोखरिया, १२ भदौ/

पोखरिया नगरपालिका–९ सेमरवारीमा रहेको धर्मशालामा शनिवार वृक्षारोपण गरिएको छ ।

नयाँ जनशक्ति युवा क्लब पोखरियाको आयोजना तथा वीरगंजका व्यवसायी सत्यनारायण क्याल र गणेश लाठको सहयोगमा वृक्षारोपण तथा पक्की कुर्सी निर्माण गरिएको क्लबका अध्यक्ष रामबाबू चौहानले बताए । उनले धर्मशालामा आउनेहरूलाई थकान मार्नका लागि र यात्री प्रतीक्षालयसमेतमा काम लाग्ने गरी पक्की कुर्सी निर्माण गरिएको बताए ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्दीन समानी, राजनारायण कुर्मी, जयनारायण यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here