इनरुवा, १२ भदौ/रासस

सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पु¥याउनु रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा आज नेपाली काङ्ग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैतसम्म सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाए ।

नेपाली काङ्ग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकारमाथि जनताको ठूलो अपेक्षा र भरोसा भएको उनको भनाइ छ । जनताको जीउधन, संविधान, लोकतन्त्र रक्षा गर्नाका साथै शान्ति अमनचयन कायम गर्नु अहिलेको सरकारको प्रमुख दायित्व भएको मन्त्री कार्कीले बताए।

कार्यक्रममा समाजसेवी मौलान हारून खाँसहित विभिन्न पार्टी परित्याग गरेर काङ्ग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य तथा मन्त्री कार्की, पार्टीका जिल्ला सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुब अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलगायत नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here