ओमप्रकाश चौधरी, सेढवा, ११ भदौ/

बर्सेनि धानबालीको बेलामा किसानहरूले मलको समस्या झेल्दै आए पनि यस वर्ष पर्साको थरुहट क्षेत्रका किसानहरूले मलको समस्या झेल्नुपरेको छैन ।

यहाँका किसानहरूले भदैया र अगहनी धानकै बेलामा वैशाख, जेठताका मल सञ्चय गरेका कारण यस वर्ष मलको समस्याबाट उनीहरूले उन्मुक्ति पाएका हुन् । पटेर्वासुगौली गाउँपालिका–२ का रामपूजन चौधरीले प्रत्येक वर्ष धानबालीकै बेलामा कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कम्पनीबाट घोषित सहकारीहरूबाट मल नपाएको कुरालाई दृष्टिगत गर्दै १८ बोरा डिएपी, युरिया, पोटास मल सञ्चय गरेको र अहिले धानबालीमा प्रयोग गर्न सहज भएको बताए।

उनले मल सञ्चय गरेको कारण वीरगंज धाउनु नपरेको र गाउँकै सहकारीहरूमा पनि पुग्नु नपरेको बताए । खेतीपातीको बेलामा मलकै जोगाड गर्न समस्या हुने गरेको बताए । नेपालमा मल अभाव भएपछि सीमापारि भारत गएर ल्याउने गरेको उनले बताउँदै यस वर्ष त्यसो गर्नु नपरेको बताए ।

जीराभवानी गापा–१ शान्तिनगरकी अञ्जना श्रेष्ठले आफ्नो गाउँघरमा मल नपाउने र भारत जाँदा दुवैतर्फका सुरक्ष्Fाकर्मीबाट गाली बेइज्जती सहनुपर्दा यसपटक सहकारीबाट सहजरूपमा प्राप्त भइरहेका बेला मल सञ्चय गरेको बताइन् ।

मल सञ्चय नगरेका केही किसानहरू अहिले मलको अभाव झेल्दैछन् । पानीले गर्दा ग्रामीण क्षेत्रका बाटो हिलाम्य भएको र खोलामा बाढी आएको कारण सीमापारि गएर मल ल्याउने अवस्था नभएको उनले बताइन् ।

जीराभवानी गापा–४ स्थित सुपौली कृषि सहकारी संस्थाका सञ्चालक दीपक चौधरीले थरुहट क्षेत्रका ७५ प्रतिशतभन्दा बढीले यस वर्ष मल सञ्चय गरेको बताए । सञ्चय नगरेका किसानहरूलाई पनि यसपटक मलको अभाव झेल्नु नपरेको उनले बताए । धेरै किसानले मल सञ्चय गरेकाले अहिले सहकारीबाट सहजरूपमा मल प्राप्त भइरहेको चौधरीले बताए ।

अहिले साल्ट टे«डिङ र कृषि सामग्रीले मल उपलब्ध गराइरहेकाले मलको अभाव नभएको चौधरीले जानकारी गराए । उनले जीराभवानी गापामा साताको बुधवार मल आउने र सोको पूर्वसूचना गरेको कारण किसानहरूले अन्य समयमा मलको खोजीनीति गरेर दुःख नगर्न आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here