प्रस, निजगढ, ११ भदौ/

इलाका प्रहरी कार्यालय निजगढको पुरानो हुँदै गइरहेको भवनको प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले शुक्रवार निरीक्षण गरेका छन् ।

निजगढ दिन प्रतिदिन शहर उन्मुख भइरहेको र अन्तर्राष्ट्रिय विमानस्थल तथा द्रुतमार्ग निर्माण प्रक्रियामा रहेकाले सुरक्षा चुनौती थपिंदै गइरहेको उनले बताए । तत्कालीन अवस्थालाई मात्र नहेरी निजगढ क्षेत्र र आसपासमा हुने विकाससँगै थपिने जनघनत्व, सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यस प्रहरी कार्यालयको स्तरोन्नति गर्दै भौतिक संरचनालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकतामा मन्त्री साहले जोड दिए ।

प्रदेश प्रहरी सङ्गठनको संरचना प्रदेश सरकारको मातहतमा आइनसकेको बताउँदै मन्त्री साहले पहिले प्रदेश सरकारले यस सङ्गठनलाई प्रदेश सरकारको मातहतमा ल्याउनेतर्फ प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए । पुरानो र जीर्ण हुँदै गइरहेको प्रहरी भवनलाई तत्कालै मर्मतसम्भार गर्न प्रदेश सरकारले सहयोग गर्न सक्ने भएपनि भवन निर्माणका लागि आगामी वर्ष प्रदेश सरकारको रेडबूकमा पार्न आफ्नो प्रयास रहने प्रतिबद्धता जनाए ।

इप्रका निजगढका प्रहरी निरीक्ष्Fक शङ्कर चौधरीले कार्यालयको प्रशस्त जग्गा रहे पनि ब्यारेक भवनको अभावका कारण प्रहरीले बाहिर कोठा खोज्नुपरि रहेको जानकारी मन्त्री साहलाई गराए। प्रहरी कार्यालयको भवन वर्षामा चुहिने मात्र नभई डुबानमा समेत पर्ने गरेको उनले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here