प्रस, वीरगंज, ११ भदौ/
वीरगंज भन्सार एजेन्ट सङ्घका सदस्य विनोदकुमार तोदीको निधनमा शुक्रवार शोकसभा गरिएको छ ।
आइसिपीमा आज कार्यक्रम गरी शोकसभा गरिएको हो । शोकसभामा वीरगंज भन्सार एजेन्ट सङ्घका कार्यवाहक अध्यक्ष नन्दकिशोर मल्ल, वीरगंज भन्सारका प्रमुख हरिहर पौडेल, दिलीप केसी, भन्सार कर्मचारी, एजेन्ट प्रतिनिधिलगायतले तोदीको मृत्युमा शोक व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण विनोद परियारले गरेका थिए । तोदीको यही भदौ ८ गते सुक्खा बन्दरगाह परिसरमा ट्रकले ठक्कर दिंदा उपचारको क्रममा मृत्यु भएको थियो ।