प्रस, वीरगंज, ११ भदौ/

बहुदरमाई नगरपालिका–५ भौराटारस्थित नेरा सीताराम महतो माविमा अध्ययनरत कक्षा ८ का छात्राहरूलाई साइकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारको बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत कक्षा ८ का ४२ जना छात्रालाई साइकल वितरण गरिएको प्रधानाध्यापक सञ्जय कुमारले बताए । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, विद्यालय सल्लाहकार समिति, अभिभावकहरूको उपस्थितिमा साइकल वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण सन्दीपकुमार जैसवालले गरेका थिए ।

यसैगरी, वीरगंज–३१ बेलवास्थित लक्ष्मीदेवी बाबुलाल हंसवाहिनी मावि कोन्हियामा साइकल वितरण भएको छ ।

प्रदेश २ को मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत गत वर्ष २०७७ सालमा कक्षा ८ मा अध्ययनरत १८ जना छात्रालाई शुक्रवार साइकल वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवलकिशोर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चोर्नी निमाविका प्रधानाध्यापक अनिरुद्र कुशवाहा, प्रसोतीपुर प्राविका प्रअ लक्ष्मण साह, प्रसोतीपुर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र मण्डललगायत शिक्षक, शिक्षिका तथा अभिभावकहरूको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक दयाकान्त झाले जानकारी गराए ।

कार्यक्रममा सहजीकरण शिक्षक अनिलकुमार यादव र स्वागत मन्तव्य नागेन्द्रप्रसाद कुर्मीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here