प्रस, वीरगंज, ११ भदौ/
जिल्ला प्रहरी कार्यालय बाराले १५ वर्षीया नाबालिकालाई करणी गरी गर्भधारण गराएको कसूरमा एकजना युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले विगत आठ महीनादेखि ती नाबालिकालाई ललाइफकाइ जबरजस्ती करणी गर्दै आएका २१ वर्षीय युवकलाई पक्राउ गरेको बताए ।
उनले युवकलाई नाबालिकाको उजूरीको आधारमा पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अदालतबाट पाँच दिनको म्याद लिएको र अनुसन्धान जारी रहेको बताए । नाबालिकाको अहिले सात महीनाको गर्भ रहेको उनले बताए ।