• मुकुन्द आचार्य

विगत केही वर्षदेखि मेरो यौटा खुट्टा वीरगंज र अर्को खुट्टा काठमाडौंमा रहने गरेको हुनालेस म चकित र आनन्दित दुवै अनुभव एकसाथ प्राप्त गर्दैछु । आजको युगमा जे पनि सम्भव छ, भन्छन् । साँच्चै हो रैछ ! पत्याउनुभएन ? नो प्रोब्लम !

वीरगंज बसाइमा, घुमाइमा धेरै प्रकारका अनुभव स्वतः प्राप्त भइरहन्छन् । प्रातःभ्रमण गर्दा, अन्य काममा घुम्दाफिर्दा निश्शुल्क पाइने ज्ञानलाई, अथवा अनुभवलाई इमानदारीका साथ पस्कँदै ‘बाछिटा’को रूपमास प्रस्तुत गरे है त !

(क) वीरगंजको मूल सडकमा हिंड्नेहरूले देखेकै हुनुपर्छ, यौटा मस्त मौला, फक्कड मान्छेलाई जो सधैं ठूलो बोरा बोकेर अनेक भाषामा गीत गाउँदै, फतफताउँदै कुनै अज्ञात व्यक्तिलाई आफूखुशी गाली गर्दै आनन्द सागरमा पौडी खेल्दै कवाडकचरोबाट केही काम लाग्ने वस्तु टिपेर हिंडिरहन्छ ।

कहिलेकाहीं त ऊ अश्लील शब्दहरूको प्रेमपूर्वक उच्चारण गर्दै प्रातःभ्रमण गर्ने महिलाहरूलाई लाजमर्दो स्थितिमा पार्दछ । उता वाकिङमा निस्कने महिलाहरू मुसुमुसु हाँस्दै, क्यै नसुनेझैं, क्यै नबुझेझैं गरेर आफ्नो गति बढाउँछन् । त्यो फोहर बटुल्दै हिंड्ने रसिक, मनमौजी, अलमस्त महापुरुषलाई लाज, शर्म जस्ता चानचुने शब्दको कुनै मतलबै हुन्न । यस्तै महापुरुषको चरित्रलाई हेरेर भगवद् गीतामा भनिएको होला– ‘समत्वं योग उच्यते !’

(ख) अचेल वीरगंज महानगरपालिका एकदमै समदर्शी योगीझैं भएको छ । मान्छे र पशु दुवैथरीलाई ऊ समान दृष्टिले हेर्छ । वीरगंजका सडकमा हिंड्ने अधिकार मान्छे, घोडाघोडी, गाई, साँढे, सुङ्गुर र कुकुरलाई एक समानरूपमा दिइएको छ । वीरगंज, नेपालको एउटा स्मार्ट सिटी पनि त हो नि ! वीरगंज मनपालाई यसका लागि जति धन्यवाद दिए पनि थोरै नै हुन्छ । वीमनपाले यसरी पनि समत्व योग उच्यतेलाई सार्थक पारेकै छ । यस उपलब्धिलाई त मान्नै पर्ने हुन्छ ।

(ग) शहरमा जता जानुस्, जुनसुकै कार्यालयमा जानुस्, कुनै पनि जनसमूहमा पुग्नुस्स कसैकसैले मात्र मास्क लाएका हुन्छन् । ती लाउनेहरूमध्ये धेरैजसोले नाकमुख छोप्नुको साटो चिउँडो मात्र छोपेका हुन्छन् । कोरोना न सोरोना । सबै आआफ्नै पारामा इन्जोय गरिरहेका हुन्छन् । यो प्रादेशिक सरकारको महान् उदारता हो । ठूलो सफलता हो, कोरोनामाथि यसरी विजय गर्नु नगरपिता नै विजय भएपछि कोरोना जाबो त कता हरायो कता !!

(घ) यसै अवधिमा म दुईपटक ग्रामीण क्षेत्रमा पनि पुगें । त्यता त झनै उन्मुक्त अवस्था थियो। मैले मास्कलाई टोपलेको थिएँ । एक पाका पवित्र आत्माले मलाई भने– ए जी ! अपने मँुह मे ई कइसन जाबी लगवले बानी ? सास लेवेमें दिक्कत ना बुझाला ?

मैले ती पाका प्राणीलाई कोरोनाबारे लामो भाषण दिएँ । उनी त झन् जङ्गिए– काहाँ बा कोरोना, तनि बताइ त !? हमनी के गाँवघर में कहाँ कवनो मरल बा कोरोना से ?! ई सब डाक्टर लोग आ दबाइ बनाएवाला कम्पनी सबके मिलिभगत ह । झूट के खेती करके केहु लेखा लोग के लुटेके बा । हमहुँ जानतानी के लेखा राजनीतिमें पोलिटिक्स मिलावल जाला । तीन/तीन बेर हम मुखिया के चुनाव हारल बानी । हम सब जानत बानी १ देश के जनता के लेखा उल्लू बनावल जाला !
मैले ती स्थानीय नेतालाई मरिगए सम्झाउन सकिनँ ।

(ङ) कलैया त्रिचन्द्र माविमा मैले पढाएको एक छात्रले मलाई भेटेपछि धेरै नै अति सत्कार ग¥यो । उसको गुरुभक्तिले प्रसन्न हुँदै मैले सोचें– एगो बात बतावस हमरा देखके तोहरा काहे एतना खुशी हो ता बबुआ ? उसले भन्यो, का कही गुरुजी, हम त सुनले रही जे अपने बहुत पहिले मर गइनी १ आजु जिन्दा देखतानी । हम त खुशी के मारे पगला गइल बानी १ अपने दुःख ना मानल जाई । अइसन हल्ला से उमर बढेला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here