निश्शुल्क खुट्टा

0
89

दुई वर्षअगाडि वीरगंज महानगरस्थित विपी उद्यानको लालबङ्गलामा राखिएको ह्युम पाइपमा थिचिएर खुट्टा गुमाएकी अनुष्का चौधरीलाई रोटरी क्लबको सहयोगमा कृत्रिम खुट्टा जडान गरिएको छ। श्रीपुर नयाँबस्ती निवासी १३ वर्षीया चौधरीको दोस्रोपटक कृत्रिम खुट्टा जडान गरिएको हो। रोटरीले दुवैपटक जडान गरेको हो। ह्युम पाइप घटनामा एकजना बालकले ज्यान गुमाएका थिए। दुईजना बालिका घाइते भएकामा अनुष्काले खुट्टा गुमाएकी थिइन्। तस्वीरः पङ्कज श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here