खाल्डोमा डुबेर बालिकाको मृत्यु

0

राजविराज, ९ भदौ/रासस

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा बुधवार दिउँसो खाल्डोमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी–१० का रामलखन खङ्गकी तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ। घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबेकी थिइन्।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here