छोराको हत्याको आरोपमा आमा जेल चलान

0

जलेश्वर, ९ भदौ/रासस

महोत्तरी जिल्ला अदालतले छोराको हत्या आरोपमा एक आमालाई जेल चलान गरेको छ। जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले पाँच वर्षीय छोरा रितेश यादवलाई हत्या गरेको आरोपमा अदालतले उनलाई आज पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ।

सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुबा चन्द्रकिशोरलाई साधारण तारेखमा छोडेको छ।

१० महीनाअघि जेठी पत्नी छँदाछँदै अर्काे जातकी पत्नी (रागनी) भिœयाएपछि चन्द्रकिशोरलाई जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय आफ्ना दुर्ई सन्तान

(छोरा) लाई पतिकै जिम्मा छाडेर माइती गएर बस्दै आएको बेला गत साउन १४ गते दिउँसो उनको जेठो छोरा पाँच वर्षीय रितेशलाई सौतेनी आमाले घाँटी थिचेर हत्या गरेको आरोपमा उनलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको हो। घटनापश्चात् आमा र बुबा दुवैजना घरबाट फरार भएका थिए। प्रहरीले घटना घटाएकै दिन बुबालाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषाबाट पक्राउ गरी उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा चलाएको थियो।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here