बलात्कार आरोपमा इन्जिनीयर थुनामा

0

सप्तरी, ९ भदौ/रासस

सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना इन्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन्। अग्निसाइर कृष्णसवरण गाउँँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि बुधवार कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।

 पीडित महिलालाई २०७८ वैशाख २ गते चौधरीले बलात्कार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा गत साउन १४ गते उजूरी दर्ता भएको थियो। गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जङ्गलमा लगेर पर्सा, वीरगंज महानगरपालिकाका इन्जिनीयर चौधरीले बलात्कार गरेको पीडितले आरोप लगाइन्।

इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन १५ गते उजूरी दर्ता गरी सोही दिन आरोपितलाई पक्राउ गरेको थियो। आरोपितले बिदामा घर आउँदा भेट भएको जनाउँदै पीडितले आफूलाई लगाएको आरोप झूटो भएको जिकिर गरे।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here