पोखरीमा डुबेर पाँचजना बालिकाको मृत्यु

0

प्रस, रक्सौल, ८ भदौ/

रक्सौल अनुमण्डलको रामगढवा अञ्चल क्षेत्र अन्तर्गत अहिरौलिया पञ्चायतको शिवपुर बिर्ता गाउँमा मङ्गलवार दिउँसो बाख्रा चराउन गएका पाँचजना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।

अञ्चल सिआई सुनील कुमार र अहिरौलिया पञ्चायतका मुखिया भिखारी दासले घटनाको पुष्टि गरेका छन्। उनीहरूले दिउँसो अढाई बजे बाख्रा चराउन गएका पाँचजना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको बताए। बाख्रा चराउन गएका बालिकाहरू एकले अर्कालाई बचाउने क्रममा पोखरीमा डुबेर सो बीभत्स घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। १० वर्षीया सरिता कुमारी, कौशल्या कुमारी, शोभा कुमारी, ८ वर्षीया सीमा कुमारी र ११ वर्षीया सुगी कुमारीको डुबेर मृत्यु भएको बताइएको छ। उनीहरूको शव शल्यपरीक्षणको लागि मोतिहारी पठाइएको छ।

बाख्रा चराउन गाउँदेखि पश्चिम सरेहमा गएका उनीहरू पोखरीमा नुहाउन गएका र सो क्रममा सुगी कुमारी पानीमा डुबेको र उनलाई बचाउन सरिता गएकी थिइन्। उनी पनि पोखरीको दलदलमा डुब्न थालेपछि उनीहरूलाई बचाउन गएका अरू तीनजना बालिकाको मृत्यु भएको हो।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here