नेपालमा परियोजना सञ्चालनबारे अन्तक्र्रिया

0

प्रस, वीरगंज, ८ भदौ/

नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसर सम्बन्धमा नेपालस्थित भारतीय राजदूतावासले भारतीय उद्योग परिसङ्घ तथा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित भारतीय प्रमुख कम्पनीहरूसँग भर्चुअल अन्तक्र्रिया गरेको छ।

अन्तत्र्रिmयामा भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले नेपाल–भारतको विशेष साझेदार तथा सबैभन्दा महत्वपूर्ण छिमेकी भएको बताइन्। उनले भारतको एकीकृत दक्षिण एशियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रूपमा रहेको उल्लेख गरिन्। खम्पाले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भूमिका रहेको बताइन्। पूर्वाधार क्षेत्रमा बढ्दो अवसरबारे चर्चा गर्दै खम्पाले नेपाललाई प्राथमिकताको सूचीमा राखी भारतीय कम्पनीहरूलाई सो अवसरबाट लाभ लिन सुझाव दिइन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले भारतीय कम्पनीहरूलाई पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी गराए। उनले फन्डिङ मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरूमा भारतीय कम्पनीका प्रतिनिधिहरूले उठाएका प्रश्नको पनि जवाफ दिए।

सहसचिव शर्माले भारतीय पूर्वाधार कम्पनीहरूलाई परियोजनाको मापदण्ड अनुरूप उपयुक्त हुने स्थानीय साझेदारहरूसँग सम्बन्ध विस्तार गर्न सहभागीहरूलाई प्रोत्साहित गरे।

भारतीय राजदूतावासले बितेका केही वर्षमा भारतीय पूर्वाधार कम्पनीहरूले भारतभित्र तथा भारतबाहिर प्रमुख परियोजनाहरूको विकास गर्दै गुणस्तरीय निर्माण समयावधिभित्र सम्पन्न गर्न सकेको बताएको थियो।

भारतीय पूर्वाधार कम्पनीहरूलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रमा आकर्षित गरी नेपालका साझेदारहरूसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्न अन्तत्र्रिmया गरेको दूतावासले प्रस्ट्याएको छ।

कार्यक्रमको सहजीकरण जिएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत एसएन बर्देले गरेका थिए।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here