वातावरणीय व्यवस्थापनबारे गोष्ठी

0

प्रस, वीरगंज, ८ भदौ/

वीरगंज महानगरपालिका र त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा मङ्गलवारदेखि दुई दिने वातावरणीय व्यवस्थापन कार्ययोजना तथा परामर्श कार्यशाला गोष्ठी शुरू भएको छ।

वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले गोष्ठीको उद्घाटन गर्दै वातावरण व्यवस्थापनको लागि कार्यशाला गोष्ठी उपलब्धिमूलक हुने दाबी गरे। उद्घाटन समारोहमा उनले सही कार्ययोजना भए मात्र वातावरण व्यवस्थापनमा सहजता हुने बताए। यसका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको उनले सुझाए। त्रिविविले महानगरसँग गरेको सहकार्यले महानगरपालिकामा वातावरणीय व्यवस्थापनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

नगरप्रमुख सरावगीले त्रिविविमा विज्ञसहितको दक्ष जनशक्ति हुने भएकोले उनीहरूको परामर्श र कार्ययोजनामा निर्माण हुने रणनीतिले महानगरमा वातावरणीय व्यवस्थापनमा ठूलो परिवर्तन ल्याउन सकिने बताए।

उद्घाटनसत्रमा उपप्रमुख शान्ति कार्की, त्रिविवि वातावरण तथा विज्ञान केन्द्रीय विभागका पदाधिकारी र सरोकारवालाको सहभागी थियो।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here