आगलागी पीडितलाई राहत वितरण

0

प्रस, वीरगंज, ८ भदौ/

धोबिनी गाउँपालिका–५ अन्तर्गत धोबिनी टोलका आगलागी पीडित आठवटा परिवारलाई नेपाल रेडक्रस सोसाइटी, पर्साले राहत वितरण गरेको छ।

आगलागी पीडित योगेन्द्रमहरा चमार, लक्ष्मणमहरा चमार, रामायण महरा चमार, मदनमहरा चमार, राजेश महरा चमार, नथुनी हजरा, मङ्गलमहरा चमार, ललनमहरा चमार गरी ८ घर परिवारलाई राहत उपलब्ध गराइएको नेरेसो पर्साले जनाएको छ।

कार्यक्रममा रेडक्रस पर्साका उपकोषाध्यक्ष दयाशङ्कर सिंह, वडाअध्यक्ष मनव्वर अहमद, वडा सदस्य भोला अन्सारीलगायतले आगलागी पीडितलाई राहत वितरण गरेको रेडक्रस प्रदेश २ का सहकोषाध्यक्ष सल्लाउदिन अहमदले जानकारी दिएका छन्।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here